Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

‘हामी नेपाल’ संस्थाका सुदन गुरुङको पत्रकार सम्मेलनमा तनाव, पत्रकारहरूसँग भनाभन


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०८२ आइतवार
  • 206
    SHARES

‘हामी नेपाल’ संस्थाका सुदन गुरुङको पत्रकार सम्मेलनमा तनाव, पत्रकारहरूसँग भनाभन

काठमाडौं, २९ भाद्र । ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा आफूलाई जेनजी समूहको अगुवा बताउने सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

कार्यक्रमका दौरान गुरुङले राष्ट्रपति कार्यालयमा भएका वार्ताहरूको विवरण सार्वजनिक गर्दै, यदि आफ्ना मागहरू पूरा नभए वर्तमान सरकारलाई नै अपदस्थ गराउने चेतावनीसमेत दिए।

तर पत्रकारहरूका केही प्रश्नले गुरुङलाई झस्कायो। सोधपुछको क्रममै उनले उत्तेजित हुँदै पत्रकारहरूप्रति आपत्तिजनक र धम्कीपूर्ण भाषा प्रयोग गरे। यसले सम्मेलनको वातावरण एकाएक तनावग्रस्त बनायो।

गुरुङको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरूले पनि कडा प्रतिक्रिया जनाएपछि स्थिति झनै बिग्रियो। दुवै पक्षबीच भनाभन हुँदै धकेलाधकेलको स्थिति समेत सिर्जना भयो।

घटनापछि पत्रकार सम्मेलन स्थलमा केही समय तनावपूर्ण अवस्था कायम रहेको थियो।


लुम्बिनी चिन्तन

थप समाचार