भैरहवा, भदौ ३० — भैरहवाका स्थानीय युवाहरूले भदौ २३–२४ गतेको जेनजेड आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका छन्।
कार्यक्रममा सहभागीहरूले ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए।
आन्दोलनका क्रममा जयान गुमाएका सबैप्रति श्रद्धा प्रकट गर्दै, “शान्ति दीप प्रज्वलन सहिदहरूको आत्माको चिर शान्तिको कामना स्वरूप गरिएको हो,“। कार्यक्रममा सहभागी स्थानीय युवा अभिषेक चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी, अर्की स्थानीय सहभागी नीलु श्री मगरले उक्त घटनालाई “अत्यन्तै दुःखद“ भन्दै, आन्दोलनमा ज्यान गुमाउनेहरूलाई ‘हाम्रा सहिद’को संज्ञा दिइदै। उहाँले भन्नुभयो “हामी आशा गर्छौं, नयाँ सरकारले जनताको आवाज बुझ्छ र राम्रो शासन व्यवस्था स्थापना गर्छ।”
शान्तिपूर्ण आन्दोलनप्रति समर्थन जनाउँदै जनताको भावना प्रति सम्मान कायम रहोस् भन्ने शुभेच्छा समेत व्यक्त गरिएको थियो।