Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आन्तरिक राजस्व कार्यालय भैरहवाको आगजनी र तोडफोडपछि रोकिएको सेवा पुनः सुरु


  • लुम्बिनी चिन्तन
  • भाद्र ३१, २०८२ मंगलवार
  • 210
    SHARES

आन्तरिक राजस्व कार्यालय भैरहवाको आगजनी र तोडफोडपछि रोकिएको सेवा पुनः सुरु

भैरहवा, ३१ भाद्र । आन्तरिक राजस्व कार्यालय भैरहवाले हालै भएको आगजनी र तोडफोडपछि रोकिएको सेवा पुनः सुरु गरेको छ। सोमबारदेखि कर कार्यालयले प्रदान गर्ने सबै सेवा कार्यालय अगाडि रहेको पार्किङ क्षेत्रबाट सेवा सुविधा दिइरहेको कार्यलयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी दिनुभयो।

“हामीले ल्यापटप र प्रिन्टरको प्रयोग गरेर वैकल्पिक स्थानबाट सेवा सुरु गरेका छौं” । “सेवामा अवरोध नहोस् भन्ने हेतुले पार्किङ क्षेत्रमै सेवा प्रवाह गरिरहेका छौं।” पोखरेलले भन्नुभयो,

भौतिक रूपमा सेवा लिन आउने करदातालाई कार्यालय अगाडिको पार्किङ क्षेत्रबाट सेवा दिइँदैछ भने, अनलाइन सेवा भने पहिलेझैँ सुचारु अवस्थामा रहेको पोखरेलले बताउनुभयो ।

गत भदौ २४ गते राति जेन–जि आन्दोलन अन्तर्गत भएको हिंसात्मक प्रदर्शनका क्रममा भैरहवास्थित आन्तरिक राजस्व कार्यालयमा समेत तोडफोड, आगजनी र लुटपाट भएको थियो। सो घटनामा कार्यालय भवनका ७ वटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य भागमा आंशिक क्षति पुगेको छ।

घटनापछि भएको क्षतिको प्रहरी मुचुल्का जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको र प्रशासनबाट क्षतिको मूल्याङ्कन प्रक्रिया पनि अगाडि बढिरहेको कार्यलयले जानकारी दिएको छ।

कार्यालयले संकटको परिस्थितिमा समेत सेवा सुचारु गरेर करदाताहरूलाई निरन्तरता दिएकोमा सेवाग्राहीहरूले राहत महसुस गरेका छन्।


लुम्बिनी चिन्तन

थप समाचार