Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेन–जि आन्दोलनले मायादेवी गाउँपालिकामा २५ लाखबढीको क्षति


  • लुम्बिनी चिन्तन
  • भाद्र ३१, २०८२ मंगलवार
  • 206
    SHARES

जेन–जि आन्दोलनले मायादेवी गाउँपालिकामा २५ लाखबढीको क्षति

भैरहवा, ३१ भाद्र । भाद्र २३ र २४ गते देशभर भएको जेन्जी आन्दोलनले मायादेवी गाउँपालिका पनि अछुतो रहन सकेन। आन्दोलनका मुख्य दुई दिनसम्म (२३ र २४ गते) शान्त वातावरण कायम रहे पनि, भाद्र २५ गते बिहान करिब ११ बजे एक समूहले गाउँपालिकामा तोडफोड र आगजनी गरेको हो।
प्राप्त विवरणअनुसार १५ देखि २० जनाको एक समूह अचानक गाउँपालिका परिसरमा प्रवेश गरी तोडफोड र आगजनीमा उत्रिएको थियो। तोडफोडको क्रममा पालिकामा राखिएका पाँचवटा मोटरसाइकलमा आगजनी गरिएको थियो भने कार्यालय भवनका सिसा, बाहिर सजावटको रूपमा राखिएका ढुङ्गा, कम्प्युटर र डिजिटल टेम्प्लेटसमेत क्षतिग्रस्त पारिएको थियो।
यस घटनाले गाउँपालिकामा २५ लाखभन्दा बढीको क्षति पु¥याएको अनुमान गरिएको छ।
कार्यकारी प्रमुख लेखनाथ पोखरेलका अनुसार आन्दोलनको मुख्य दिनहरूमा (भाद्र २३ र २४ गते) कुनै अप्रिय घटना नभए पनि, २५ गतेको हिंसात्मक कार्यले पालिकालाई ठूलो क्षति पु¥याएको छ। अहिले सरकारी सहयोगको प्रक्रिया सुरु नभइसकेको अवस्थामा गाउँपालिकाले आन्तरिक स्रोतबाटै मर्मत तथा पुनर्निर्माणको योजना अघि सारेको बताउनुभएको छ। 
यस घटनाले शान्तिपूर्ण आन्दोलनकै सन्देशलाई धमिल्याएको छ। आन्दोलनको नाममा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु निन्दनीय छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट पुनःनिर्माणको तयारी थालेको छ। दोषी पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइनुपर्ने स्थानीयको माग छ। सरकार र सरोकारवालाहरूले यस्ता घटनाबाट सिक्ने समय आएको छ।


लुम्बिनी चिन्तन

थप समाचार