Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

देशभर आज विश्वकर्मा पूजा


  • लुम्बिनी चिन्तन
  • आश्विन १, २०८२ बुधवार
  • 322
    SHARES

देशभर आज विश्वकर्मा पूजा

भैरहवा, ०१ असोज । आश्विन सङ्क्रान्तिको अवसरमा आज देशभर विश्वकर्मा पूजा गरिदैं छ। सवारीसाधन, कलकारखाना, धातुजन्य उपकरण तथा औजारहरूको पूजा गरी विशेष ढंगले विश्वकर्मा पूजा पर्व मनाउने गरिन्छ।
हिन्दू परम्पराअनुसार, विश्वकर्मा देवता निर्माण र सृष्टिका देवता मानिन्छन्। देवताका अस्त्र–शस्त्र निर्माण गर्ने विश्वासका साथ हरेक वर्ष असोज १ गते विश्वकर्माको पूजा गरिन्छ। कलकारखाना, उद्योग तथा मेसिनरी उपकरणहरूमा काम गर्नेहरूले विशेष श्रद्धाका साथ विश्वकर्मा देवताको आराधना गर्दछन्।
यस दिन विशेष गरी नयाँ सवारीसाधन किनेका व्यक्तिहरू शक्तिपीठहरूमा गई सवारी साधनको पूजा गर्ने चलन छ। त्यस्तै विवाह, यज्ञ, गृहप्रवेश लगायतका धार्मिक कार्यहरूमा पनि विश्वकर्मा पूजा गर्ने परम्परा रहेको छ।WhatsApp Image 2025-09-17 at 10.11.51 AM.jpeg


लुम्बिनी चिन्तन

थप समाचार