Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो


  • लुम्बिनी चिन्तन
  • आश्विन १, २०८२ बुधवार
  • 336
    SHARES

स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

देशभर आज विश्वकर्मा पूजा
भैरहवा, ०१ असोज । जेनजी आन्दोलनका कारण स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ अन्तर्गतले जारी गरेको नयाँ कार्यक्रमअनुसार अब पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुनेछ।

यसअघि परीक्षा भदौ २८ र २९ गतेका लागि तय गरिएको थियो। तर, जेनजी आन्दोलनको क्रममा उत्पन्न हिंसात्मक परिस्थितिका कारण परीक्षा स्थगित गरिएको थियो।

परीक्षा तालिका यसप्रकार छः

असोज ७ गतेः

अनिवार्य अंग्रेजी (कोड ००४१) को परीक्षा हुनेछ।

एक विषयमा मात्र पूरक परीक्षा दिने परीक्षार्थीको परीक्षा पनि यसै दिन हुनेछ।

दुई विषयमा पूरक परीक्षा दिने परीक्षार्थीमध्ये सानो कोड भएको विषयको परीक्षा यस दिन हुनेछ।

जसले अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा परीक्षा दिनुपर्नेछ, उनीहरूले ७ गते अंग्रेजी र ८ गते नेपाली विषयमा परीक्षा दिनुपर्नेछ।

असोज ८ गतेः

दुई विषयमा पूरक परीक्षा दिने परीक्षार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुनेछ।

यस दिन अनिवार्य अंग्रेजीको परीक्षा भने हुनेछैन।

राष्ट्रिय परीक्षा बोर्डले सबै परीक्षार्थीलाई संशोधित तालिकाअनुसार परीक्षा दिन समयमै तयारी गर्न आग्रह गरेको छ।Board.jpg


लुम्बिनी चिन्तन

थप समाचार