Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

डण्डा नदीमा वेपत्ता भएका किशोरको शव फेला


  • लुम्बिनी चिन्तन
  • आश्विन ३, २०८२ शुक्रवार
  • 214
    SHARES

डण्डा नदीमा वेपत्ता भएका किशोरको शव फेला

भैरहवा, ०३ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, गोनहिया नजिक रहेको बाँध (ड्याम) क्षेत्रबाट डण्डा नदीमा हराएका एक किशोरको शव फेला परेको छ।

शव ओमसतिया गाउँपालिका–५ सिसहनिया निवासी १५ वर्षीय श्यामु गुप्ताको भएको पुष्टि भएको छ। उनको शव शुक्रबार दिउँसो करिब १ः३० बजे फेला परेको हो।

गुप्ता बिहीबार बेलुकी करिब ३ देखि ४ बजेको बीचमा आफ्ना साथीसँग नदीमा नुहाउने क्रममा हराएका थिए। भिडियो बनाउँदै गरेका बेला एक जना साथी डुबेको देखेपछि खोजी सुरु गरिएको थियो।

स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले बिहीबारै खोजी गरे पनि सफलता नपाएपछि शुक्रबार विहानदेखि पुनः खोज कार्य तीव्र पारिएको थियो।

शव सशस्त्र प्रहरी बल नम्बर २७ हेक्वाबाट खटिएको टोलीले फेला पारेको हो। सशस्त्र प्रहरी निरीक्षक खड्ग केसीको नेतृत्वमा गरिएको खोजीमा नदीको केही तलतिर शव भेटिएको विपद् व्यवस्थापन टोलीले जानकारी दिएको छ।

स्थानीयका अनुसार मृतक गुप्ता रोहिणी गाउँपालिका–५ स्थित धकधईको राम नरेश माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।


लुम्बिनी चिन्तन

थप समाचार