Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नारायणगढ-मुग्लिन सडकमा दुई दिनदेखि यात्रुहरु अलपत्र


  • लुम्बिनी चिन्तन
  • आश्विन ५, २०८२ आइतवार
  • 198
    SHARES

नारायणगढ-मुग्लिन सडकमा दुई दिनदेखि यात्रुहरु अलपत्र

काठमाडौं, ०५ असोज । मुग्लिन नारायणगढ सडकखण्ड सूरचारु गर्नका लागि आज पनि पहिरो हटाउने काम जारी रहेको छ । सडक डिभिजन कार्यालयले आज (आइतबार) बिहान ४ बजेदेखिनै पहिरो हटाउन काम शुरु गरेको जनाएको छ । कार्यालय भरतपुरले पहिरो खस्ने क्रम नरोकिएकोले शनिबार पहिरो हटाउने कार्य रोकेको थियो । 

मुग्लिन नारायणगढ सडक खण्ड शुक्रबार साँझ ६ः३० बजेदेखि तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण  पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दसैँका लागि काठमाडौंबाट बाहिरिएका हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार