भैरहवा, ०५ असोज । रुपन्देहीका अग्रज पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ । शर्माको शनिबार भैरहवा सिटि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए ।
उनले कारोबार दैनिक, न्यूज ओके सम्पादक लगायत सञ्चार माध्यममा आबद्ध थिए ।
उनको श्रीमती, एक छोरी र एक छोरा छन् ।
पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ ।