Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा ‘दसैँ सस्तो बजार–२०८२’ हुने, उपभोक्तालाई गुणस्तरीय सामान एकै ठाउँमा


  • लुम्बिनी चिन्तन
  • आश्विन ६, २०८२ सोमवार
  • 300
    SHARES

भैरहवामा ‘दसैँ सस्तो बजार–२०८२’ हुने, उपभोक्तालाई गुणस्तरीय सामान एकै ठाउँमा

भैरहवा, असोज ६। दसैँको रौनकसँगै उपभोक्तालाई सहज र किफायती किनमेलको सुविधा दिन सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले ‘दसैँ सस्तो बजार–२०८२’ आयोजना गर्ने भएको छ। आगामी असोज ८ देखि १२ गतेसम्म सङ्घको परिसरमा सञ्चालन हुने यो पाँचदिने विशेष बजारमा सस्तो, गुणस्तरीय र आवश्यक सामानहरू एकै स्थानमा उपलब्ध हुनेछन्।


पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सङ्घले उपभोक्तालाई राहत दिने उद्देश्यले निःशुल्क स्टल व्यवस्था गरिएको जनाएको छ। बजारमा दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता–चप्पल, घरेलु सामान लगायत १४ वटा स्टल रहनेछन्।


सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले यस बजारले स्वदेशी र स्थानीय उत्पादनको प्रवद्र्धनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले चाडपर्वको सन्दर्भमा स्थानीय व्यवसायलाई थप सक्रिय बनाउने लक्ष्य लिएको बताए।


महासचिव कृष्ण प्रसाद घिमिरेका अनुसार, यो बजारबाट रु. ५० देखि ६० लाखसम्मको कारोबार हुने अनुमान गरिएको छ। बजारको सफल सञ्चालनका लागि सुरक्षा र सुविधामा पनि ध्यान दिइएको छ। सिसिटिभी निगरानी, पिउने पानीको व्यवस्था, र उपभोक्तामैत्री वातावरणका लागि आवश्यक पूर्वाधार तयार पारिने छ।

यसैगरी, सम्मेलमा संघका वरिष्ठ उपाध्यक्ष दिलिप कान्दु, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सल्लाहकार कुल प्रसाद न्यौपाने, संघका पूर्व अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले बोल्दै बजारलाई सबै मिले सफल बनाउनु पर्नेमा जोड दिए ।

WhatsApp Image 2025-09-22 at 11.24.05 AM.jpeg
वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घले २०७९ र २०८० सालमा पनि दसैँ बजारको सफल आयोजना गरिसकेको छ। यसअघि २०५८ र २०५९ सालमा पनि यो परम्परा सुरु गरिएको थियो। सङ्घले निरन्तरता दिँदै यो वर्ष पनि बजारलाई अझ प्रभावकारी बनाउने तयारी गरेको छ।
सङ्घले सबै उद्योगी, व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूलाई बजार सफल बनाउन सहकार्य र सहभागिताको आह्वान गरेको छ।WhatsApp Image 2025-09-22 at 11.24.05 AM (1).jpeg


लुम्बिनी चिन्तन

थप समाचार