Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दशैं विशेषः मूर्तिमा आस्था मात्र होइन, भविष्य पनि देखिन्छ


  • लुम्बिनी चिन्तन
  • आश्विन ६, २०८२ सोमवार
  • 302
    SHARES

दशैं विशेषः मूर्तिमा आस्था मात्र होइन, भविष्य पनि देखिन्छ

भैरहवा, ०६ असोज । बडा दशैं... शक्ति, श्रद्धा र संस्कारको महापर्व । तर यो पर्व केवल पूजा, पाठ र परम्परामा सीमित छैन । धेरैका लागि दशैं जीवन चलाउने स्रोत, सीप देखाउने अवसर र उज्यालो भविष्यको ढोका पनि हो।
घर–घरमा स्थापना हुने दुर्गा माताका मूर्तिहरू जहाँ श्रद्धाको प्रतीक हुन्छन्, त्यहाँ ती मूर्तिहरू बनाउने हातहरूका लागि त्यो रोजगारी, आम्दानी र अस्तित्वको आधार हो।
बनगाईका अजय कुमार विश्वकर्मा त्यही श्रमशील हातहरूमध्ये एक हो । विगत दुई दशकदेखि उहाँ र उहाँका दाजुभाइहरूले सयौँ दुर्गा माताका मूर्तिहरू निर्माण गर्दै आएको र प्रत्येक मूर्तिमा उहाँहरूको सीप, समर्पण र साधना मिसिएको हुन्छ।
अजय भन्छन्, “हामी यो कार्य २० वर्षदेखि गर्दै आएका छौं। दाजुभाइ र आठ–नौ जना कामदारहरूको सहयोगमा मूर्तिहरू निर्माण गर्छौं। एउटा मूर्ति बनाउन करिब २४ घण्टा लाग्छ। मूल्य २० हजारदेखि अर्डरअनुसार २ लाखसम्म पर्छ।“
अहिले मूर्ति बिक्रीको केन्द्र मात्र होइन, भक्ति, कला र सम्भावनाको संगमस्थल बनेको छ। जति नजिकिन्छ दशैं, उति बढ्दो भक्तजनको भीडले यो स्थानलाई चहलपहलले भरिएको पवित्र मेला जस्तै बनाउँछ।
अजय विश्वकर्मा जस्ता कारीगरहरूका लागि मूर्ति निर्माण केवल पेशा होइन — त्यो कला, संस्कार र आत्मनिर्भरताको प्रतीक हो।
“आस्थाले आत्मालाई बल दिन्छ, संस्कृतिले समाजलाई दिशा दिन्छ, र कलाले जीवनलाई सम्भावना दिन्छ।“ यही त्रिवेणी संगमले दशैंलाई साँच्चिकै “महान“ बनाएको हो।


लुम्बिनी चिन्तन

थप समाचार