Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा डाण्डिया साँझ र भगवती जागरण हुने, साँस्कृतिक र भक्ति रंगले भैरहवा सजिने  


  • लुम्बिनी चिन्तन
  • आश्विन ७, २०८२ मंगलवार
  • 390
    SHARES

भैरहवामा डाण्डिया साँझ र भगवती जागरण हुने, साँस्कृतिक र भक्ति रंगले भैरहवा सजिने  

भैरहवा, ०७ असोज । भैरहवाको साँस्कृतिक माहोल दसैँको रौनकसँगै थप रंगीन बन्ने भएको छ। श्री श्री सार्वजनिक दुर्गा पूजा समिति, अखाडा नम्बर २, मैत्रीपथको आयोजनामा असोज १४ गते डाण्डिया साँझ र असोज १५ गते भगवती जागरण हुने भएको छ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका अध्यक्ष रवि कुमार जयसवालले अखाडाले २३ वर्षदेखि निरन्तर जागरण गर्दै आएको र गत वर्षदेखि डाण्डिया कार्यक्रम पनि सुरु गरिएको बताउनु भयो। यस वर्ष एक हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। जागरण कार्यक्रममा भारतका गायक प्रमोद चल्चलको टोली, दिल्लीको झाँकी समूह र स्थानीय कलाकारहरूको प्रस्तुति हनेछ।
कार्यक्रम संयोजक दिपेश गुप्ताले सुरक्षाको कडा व्यवस्था गरिएको जनाउँदै, सभ्य पोशाकमा आउनेलाई मात्र प्रवेश दिइने बताए। सचिव विशाल श्रीवास्तवका अनुसार कार्यक्रमका लागि झन्डै ७ लाख खर्च हुने अनुमान गरिएको छ, जसमा स्थानीय दाता र प्रायोजकहरूको सहयोग रहनेछ । जागरणमा सहभागी भक्तजनका लागि प्रसादको व्यवस्था समेत गरिनेछ।WhatsApp Image 2025-09-23 at 12.07.01 PM.jpeg
कार्यक्रमको महत्वबारे बोल्दै समितिका सल्लाहकार दीपक कौशल र किरण देवी सुनारले यस्ता आयोजनाले स्थानीय सांस्कृतिक परम्पराको संरक्षणसँगै भैरहवाको व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको बताए। 
कार्यक्रमले परम्परा संरक्षण सँगै स्थानीय व्यापार प्रवद्र्धनमा पनि सहयोग पुग्ने समितिको विश्वास छ।
समितिले भैरहवा र वरपरका श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई दसैँको उत्सवलाई थप उल्लासमय बनाउन आह्वान गरेको छ।

 


लुम्बिनी चिन्तन

थप समाचार