Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा ‘नशा तथा मनोरोग विभाग’ संचालनमा


  • लुम्बिनी चिन्तन
  • आश्विन ७, २०८२ मंगलवार
  • 636
    SHARES

सिद्धार्थनगर सिटी हस्पिटलमा ‘नशा तथा मनोरोग विभाग’ संचालनमा

भैरहवा, ०७ भाद्र । लुम्बिनी प्रदेशको अग्रणी स्वास्थ्य संस्था सिद्धार्थनगर सिटी हस्पिटल, भैरहवाले २०८२ साल असोज १ गतेदेखि ‘नशा तथा मनोरोग विभाग’ औपचारिक रूपमा संचालनमा ल्याएको छ।

नयाँ विभागमार्फत मानसिक स्वास्थ्य तथा लतजन्य (नशा) समस्याहरूको पहिचान, परामर्श, औषधीय तथा मनोसामाजिक उपचार, पुनस्र्थापना सेवा लगायतका सम्पूर्ण सेवा एकै स्थानबाट प्रदान गरिने अस्तालले जनाएको छ।

यो विभाग अनुभवी मनोचिकित्सक डा. संजिव रंजनको नेतृत्वमा क्लिनिकल साइकोलोजिस्ट, मनोपरामर्शदाता तथा विशेष तालिम प्राप्त नर्सिङ्ग टिममार्फत अत्याधुनिक प्रविधि प्रयोग गरी सेवा दिने र विभागमार्फत ओपिडि, इमर्जेन्सी, विरामी भर्ना सेवा लगायत आवश्यक सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।

हस्पिटलका प्रवन्ध निर्देशक अर्जुन पौडेलका अनुसार भैरहवा तथा वरपरका क्षेत्रमा मानसिक समस्या र लतजन्य रोगहरू तीव्र गतिमा बढिरहेका छन्। “यस्ता चुनौतीलाई मध्यनजर गर्दै आधुनिक प्रविधियुक्त र मानवमूल्यमा आधारित उपचार सेवा प्रदान गर्ने लक्ष्यका साथ यो विभाग सुरु गरिएको हो,” पौडेलले बताउनु भयो।

मनोचिकित्सक डा. संजिव रंजनले पछिल्ला वर्षहरूमा तनाव, चिन्ता, डिप्रेशन, न्युरोसिस, सिजोफ्रेनिया, बायपोलार डिसअर्डर जस्ता मानसिक समस्या व्यापक रुपमा देखिन थालेको जानकारी दिए । त्यसैगरी लागूऔषध दुव्र्यसन, मदिरा तथा धूम्रपानको दुरुपयोगका कारण युवाहरूमा समस्या झन् बढ्दो छ, जसलाई व्यवस्थापन गर्न यो सेवा केन्द्रित रहने उहाँले बताउनु भयो ।

अस्पतालले दिने उपलब्ध सेवाहरू यस प्रकार छनः

मानसिक रोगको परामर्श र उपचार (जस्तैः डिप्रेशन, एंग्जायटी, सिजोफ्रेनिया आदि)

लागूपदार्थ दुव्र्यसन व्यवस्थापन तथा परामर्श

किशोर÷किशोरी मानसिक स्वास्थ्य सहायता

औषधीय तथा मनोसामाजिक उपचार

इमर्जेन्सी तथा भर्ना सुविधा

व्यक्तिगत तथा पारिवारिक परामर्श

आवश्यकता अनुसार पुनस्र्थापना सेवाको सहजीकरण

यसैगरी, अस्पतालका निर्देशक डा. अमित चतुर्वेदीले यो विभागले पश्चिम नेपालमा मानसिक स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बिरामी तथा परिवारजनलाई सहज, सुरक्षित र गोप्य वातावरणमा सेवा प्रदान गरिने जानकारी समेत दिनुभयो।

साथै, अस्पतालले भविष्यमा विद्यालय, कलेज, कार्यालयहरूमा जागरूकता कार्यक्रम, मनोरोग स्क्रिनिङ क्याम्प तथा सामुदायिक हेल्थ आउटरीच कार्यक्रमहरू सञ्चालन गरी समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी चेतना फैलाउने योजना बनाएको छ।

स्थानीय बासिन्दाहरूले यो सेवा सुरु हुनु भैरहवाका लागि महत्वपूर्ण र स्वागतयोग्य कदम भएको प्रतिक्रिया दिएका छन्। एक स्थानीय नागरिकले भने, “अब मानसिक समस्याका लागि काठमाण्डौं वा पोखरा जानु पर्दैन, यही भैरहवामै गुणस्तरीय सेवा पाउने भयौं।”


लुम्बिनी चिन्तन

थप समाचार