Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा ‘दशैं सस्तो बजार’ सुरु, स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड


  • लुम्बिनी चिन्तन
  • आश्विन ८, २०८२ बुधवार
  • 398
    SHARES

भैरहवामा ‘दशैं सस्तो बजार’ सुरु, स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड

भैरहवा, असोज १० । चाडपर्वको मौसम, किनमेलको चटारो अनि स्वदेशी उत्पादनप्रति चासो बढिरहेको यही घडीमा भैरहवामा ‘दशैं सस्तो बजार’ सुरु भएको छ। उपभोक्तालाई एकै थलोबाट गुणस्तरीय, सुपथ मूल्यका स्वदेशी सामग्रीहरू उपलब्ध गराउने उद्देश्यसहित सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा यो विशेष बजार संचालनमा ल्याइएको हो।
संघकै भवन परिसरमा सञ्चालनमा आएको बजार असोज १२ गतेसम्म सञ्चालन हुनेछ। स्वदेशी उत्पादनको प्रवद्र्धन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापनाका लागि यो बजार पाँचौं शृङ्खलाका रूपमा आयोजना गरिएको हो।
बजारमा विभिन्न स्वदेशी उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि १४ वटा स्टलहरू राखिएका छन्।
बजारको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले स्वदेशी उत्पादनलाई बजारीकरण गर्ने र आम उपभोक्तालाई गुणस्तरीय सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्यका साथ बजार सञ्चालन गरिएको जानकारी दिनुभयो।WhatsApp Image 2025-09-24 at 2.11.44 PM.jpeg
यसैगरी सिद्धार्थ उद्योग वाण्ज्यि संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यका अनुसार बजारमार्फत उपभोक्तालाई एकै थलोबाट गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रयास गरिएको हो। “विपन्न परिस्थितिमा पनि उपभोक्तालाई सुपथ मूल्यमा स्वदेशी सामग्री उपलब्ध गराउन यो बजारले योगदान पु¥याउनेछ,” अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
बजारमा मुस्ताङको स्याउ, आलु, चिनी, घिउ, मह, मरमसला, चाउचाउ, दालमोठ, च्युरा, सरफ, खानेतेल, पेय पदार्थ, भाँडाकुँडा लगायत सामग्री बिक्रीका लागि राखिएका छन्।
संघका अनुसार बजार सञ्चालन अवधिमा करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। उपभोक्ताको सुविधाका लागि बजारमा सीसीटीभी, शुद्ध खानेपानीलगायत सुविधा उपलब्ध गराइएको छ।
दैनिक बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने बजारमा उपभोक्ताको उल्लेख्य सहभागिता रहने विश्वास आयोजकले व्यक्त गरेका छन्।


लुम्बिनी चिन्तन

थप समाचार