Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीको गैंडहवामा करेन्ट लाग्दा श्रीमान्–श्रीमतीको मृत्यु


  • लुम्बिनी चिन्तन
  • आश्विन ८, २०८२ बुधवार
  • 322
    SHARES

रुपन्देहीको गैंडहवामा करेन्ट लाग्दा श्रीमान्–श्रीमतीको मृत्यु

भैरहवा, ०८ असोज । रुपन्देहीको गैंडहवा गाउँपालिकामा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। गैंडहवा गाउँपालिका–६ कानिजवाका ७५ वर्षीय रामरतन सैठवार र उनकी ६८ वर्षीया श्रीमती अकाली सैठवारको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जानकारी दिएको छ।

प्रहरी निरीक्षक पुष्पराज रोकायाका अनुसार, बुधवार बिहान हेण्डपाइपबाट पानी तान्ने क्रममा मोटर जडान गर्न खोज्दा दुर्घटना भएको हो। प्लगमा मोटरको तार जोड्ने क्रममा अकाली सैठवारलाई करेन्ट लाग्दा उनलाई बचाउने प्रयासमा उनका श्रीमान्लाई समेत करेन्ट लागेको थियो।

जाँचका क्रममा मोटरमा जोडिएको तार नाङ्गो रहेको र प्लगमा सुरक्षा टुपिन नहुँदा करेन्ट लागेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

दुबै जनाको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।


लुम्बिनी चिन्तन

थप समाचार