Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मानव बेचबिखन विरुद्धको अभियानमा उल्लेखनीय सफलता


  • लुम्बिनी चिन्तन
  • आश्विन ९, २०८२ बिहिवार
  • 256
    SHARES

मानव बेचबिखन विरुद्धको अभियानमा उल्लेखनीय सफलता

भैरहवा, ०९ असोज । मानव बेचबिखन तथा शोषणविरुद्धको अभियानमा समर्पित शुभअवसर ग्राम नेपालद्वारा सञ्चालित अन्तरसीमा मानव बेचबिखन विरुद्धको परियोजनाले आर्थिक वर्ष २०८१÷८२ मा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। 
नेपाल–भारत सीमावर्ती क्षेत्रहरूबाट ३४२ जना महिला, बालबालिका तथा युवायुवतीहरूको उद्धार गरिएको शुभअवसर ग्राम नेपालका परियोजना अधिकृत सत्यनारायण यादवले जानकारी दिनुभयो ।
उद्धार गरिएका मध्ये १३९ जनालाई सुरक्षित आवास र सुरक्षा सेवा, २१८ जनाको पारिवारिक पुनर्मिलन, र ११८ जनालाई अन्य संघसंस्थामा रिफर गरिएको छ। त्यस्तै, २७६ जनालाई मनोसामाजिक परामर्श, ३२ जनालाई स्वास्थ्य उपचार, र १ जनालाई शिक्षामा निरन्तरताका लागि सहयोग गरिएको परियोजना अधिकृत यादवले बताउनु भयो।
परियोजना अधिकृत यादवले सीपमूलक तालिम र पुनःस्थापनाका लागि ९ जना सेवाग्राहीलाई सीप तालिम र ९ जनालाई बिउ पूँजी प्रदान गरिएको र सीमाक्षेत्रमा ८,४९५ जनालाई मानव बेचबिखनसम्बन्धी जानकारी र परामर्श सेवा दिइएको छ भने ५६ जनालाई सिमानाबाट फिर्ता गराइएको बताउनु भयो ।
भारतस्थित निकायहरूसँग सहकार्यमा १७५ जना नेपालीलाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता गराइएको छ। परियोजनाले १० जनालाई कानुनी सहायता तथा ४ वटा मुद्दा दर्ता गराएको परियोजना अधिकृत यादवले जानकारी दिनुभयो।
यसैगरी, मानव बेचबिखन विरुद्धको अभियानमा धेरै चुनौतीहरु पनि रहेको यादवले बताउनु भयो। समुदायमा सुरक्षीत भएर काम गर्नसक्ने अवस्था नरहेको र आउने दिनहरुमा अझ चुनौती थपिने उहाँले भन्नु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार