Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक


  • लुम्बिनी चिन्तन
  • आश्विन १०, २०८२ शुक्रवार
  • 188
    SHARES

पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक

भैरहवा, १० असोज । करिब ५४ घण्टापछि मुग्लिन नारायणगढ सडक खण्ड खुलेको छ ।

मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो ५३ घण्टापछि पन्छाएर विहिबार राति १०ः ३४ बजेबाट दुइतर्फी संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरल विहिबार साँझदेखियो फ्लड लाइट जडान गरेर रातिसम्म पहिरो पन्छाएर यातायात सुचारु गरेको हो ।

मंगलबार दिउसो ४ः ५५ बजे ठुलो पहाडै खसेर मुग्लिन नारायणगढ सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । चाडपर्वको समयमा काठमाडौँ बाहिर जाने मुख्य लाइफलाइन मानिएको यो सडक अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार