Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मंसिर पहिलो सातादेखि भैरहवामा लुम्बिनी महोत्सव हुँदै ,भियतनामी महिलाले जलपरी बनेर प्रदर्शन गर्ने


  • लुम्बिनी चिन्तन
  • कार्तिक १२, २०८२ मंगलवार
  • 892
    SHARES

मंसिर पहिलो सातादेखि भैरहवामा लुम्बिनी महोत्सव हुँदै ,भियतनामी महिलाले जलपरी बनेर प्रदर्शन गर्ने

भैरहवा कात्तिक ११
उद्योग व्यापार संगठन रुपन्देहीको आयोजना भैरहवामा मङ्सिर ३ गतेदेखि ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ ।
स्थानिय बजारमा खरिद गरौं स्थानिय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरौं स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मुल नाराका साथ मंसिर ३ गतेदेखि २१ गते सम्म भैरहवामा महोत्सव हुन लागेको संगठनका अध्यक्ष सचिन रोक्काले जानकारी दिए ।
महोत्सव बिशेष गरी कृषि, पर्यटन, उद्योग र व्यापार प्रबद्र्धन गर्ने मुख्य उद्येश्य रहेको अध्यक्ष रोक्काले बताए । 
महोत्सवलाई आक्रषक बनाउन पहिलोपटक भियतनामबाट जनसक्ती ल्याएर  जलपरीको प्रर्दशन गरीने उनले बताए । साथमा फिस टनेल अवलोकन दर्शकका लागि प्रमुख आकर्षण बनाईने अध्यक्ष रोक्काले बताए । भियतनाम बाट आएका महिलाहरुले जलपरिको पहिरन प्रयोग गरी पानीमा रहेर आम दर्शकहरुलाई मनोरज्न प्रदान गर्ने ब्यावस्था यस पटकको महोत्सवमा मिलाएका छौ उनले भने ।  
पहिलो पटक प्रयोग गर्न लागीएको प्रर्दशनल मनोरञ्जनसँगै व्यवसायिक र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरेका छौ उनले भने ।
महोत्सवमा करिब २ सय २० वटा स्टलहरू रहनेछन्, जहाँ स्थानीय उत्पादन, घरेलु उद्योगका वस्तु, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामग्री प्रदर्शन र बिक्रीका लागि राखिनेछन् ।  साथै, सांस्कृतिक कार्यक्रम, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बालबालिकाका रमाइलो खेलकुद, खाद्य स्टल र लाइभ कन्सर्ट समेत रहने जनाइएको छ ।

लुम्बिनी क्षेत्रका पर्यटकिय स्थलको विकास गर्ने, उपभोक्तामुखी क्रियाकलापमा बृद्धि गराइ स्थानीय बस्तुको बजार व्यवस्थापनमा सहयोग पुर्याउने, कृषिलाई बैज्ञानिक तथा व्यवसायीकरण गर्नमा सहयोग पुर्याउने, आधुनिक उपकरण नबिन प्रबिधि र औधोगिक उपकारणका वारेमा उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने उद्येश्य पनी महोत्सवमा रहेको छ ।

 
यस पटकको महोत्सवमा फिस टनेल, जलपरी, आइफिल टावर लगायत बाल उद्यानको मनोरञ्जन र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती मुख्य आकर्षण रहेको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन् ।
सिद्धार्थनगर नगरपालीका वडानं ८ अञ्चलपुरमा सञ्चालन हुने उक्त महोत्सवमा २ सय ५० वटा स्टल रहने छ । महोत्सव सञ्चालनका लागी १ करोड ३२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएका छन् ।


संगठनका बरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सवलाई सफल बनाउन सवैको सहयोग अपरिहार्य रहेको बताए । ‘नेपाललाई कृषि प्रधान देश भनिए पनि त्यस अनुरुप एक पालिका एक उत्पादन गर्ने तर्फ कुनै पनि पालिकाको पहल छैन’ यादवले भने । 


लुम्बिनी चिन्तन

थप समाचार