भैरहवा कात्तिक १३
राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।
बिधुत प्राधिकरण भैरहवा अगाडी आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गरीरहेका गौतम अचानक ढलेका थिए । उनलाई तत्काल उपचारका लागी मणीग्राम स्थित क्रिमसन अस्पताल पुराइृएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष नेत्र आर्चायले जानकारी दिए । ६५ वर्षीय गौतम बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन । गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए। गौतमका दुई छोरा र श्रीमती रहेका छन्।
बिधुत प्राधिकरणले रुपन्देहीका १४ वटा उधोगको लाईन काटेपछि करीब १५ हजार मजदुर समस्यामा पर्ने भएकाले उनिहरुको सुरक्षाका लागी सरकारले बार्ताको माध्यम बाट निकास निकाली मजदुर पलायन हुन बाट रोक्न आग्रह गर्दै मजदुर द्धारा आयोजीत धर्ना कार्यक्रममा सम्बोधन गर्दे थिए ।