Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीका उद्योगीहरु आन्दोलित , विद्युत आपूर्ति सुचारु गर्न माग राख्दै विद्युत उद्योगी र श्रमिकको धर्ना


  • लुम्बिनी चिन्तन
  • कार्तिक १४, २०८२ बिहिवार
  • 346
    SHARES

रुपन्देहीका उद्योगीहरु आन्दोलित , विद्युत आपूर्ति सुचारु गर्न माग राख्दै विद्युत उद्योगी र श्रमिकको धर्ना


भैरहवा कार्तिक १३ । 
रुपन्देहीका दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी व्यवसायीहरुले आन्दोलनको सुरुवात गरेका छन् । सरकारले आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महशुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरुले आन्दोलित बनेको सिदार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आर्चायले जानकारी दिए ।
रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी र श्रमिक आन्दोलित भएका हुन । उनीहरु विद्युत आपूर्ति सुचारु गर्न माग राख्दै बिहिवार बिधुत प्राधिकरणको कार्यालय भैरहवामा धर्ना दिएका थिए । ट्रंकलाईन र डेडिकेटेड लाईनको नाममा आफूहरुले माग र उपभोग नै नगरेको विद्युत महसुल तिराउन खोजिएको भन्दै संघका अध्यक्ष आर्चायले आपत्ति जनाए ।

बिधुत प्रयोग गरेको बिल दिनुस हामी रकम भुक्तानी गर्दछौ उनले भने । बिधुत प्राधिकरणले सर्वसाधारणका लागी उधोगीहरु चोर फटाहा हुन भन्ने भास्य श्रृजना गराएको उनले बताए । आज सम्म कुनै पनि महीनाको बिधुत महसुल बांकी छैन जती बिधुतको बिल आएको छ त्यो बिलको पैसा समयमै तिरेर दुई प्रतिशत छुट सुबिधा समेत लिएका उधोगीहरुलाई बिजुलीको बिल नर्तीने भनेर सर्बसाधारण जनमानसमा नकरात्मक भास्य प्राधिकरणले श्रृजना गरेको उनले बताए । 
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र, रुपन्देही अगाडि धर्ना दिदै उद्योगी, श्रमिक तथा उद्योग–व्यवसाय सम्बद्ध संघ–संस्थाहरुले आफूहरुले न्याय नपाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले प्रतिसोध साँधेर उद्योगी–व्यवसायीले उपभोग नगरेको विद्युत महसुल तिराउन खाजेको आर्चायले बताए । बिना प्रमाण अपराधीको शैलीमा वक्यौता रकम भन्दै मागिएको र त्यो उद्योगीले नतिर्ने उनले बताए ।  
बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराईले सरकारले लाइन काट्दा उद्योग बन्द गर्नुपरेको बताए । सरकारले यसरी लाईन काट्दै जाने हो भने उद्योग बन्द भइ पूँजी पलायन हुने अवस्था आउने उनले बताए ।  उद्योग बन्द हुँदा उद्योगी र श्रमिक मारमा परेको बताए । 
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले उर्जामन्त्री कुलमान घिसिङले स्टण्टबाजी गरेको आरोप लगाए । मन्त्री घिसिङले श्रमिकको रोजीरोटीमा लात हान्नुभएको पराजुलीको भनाई थियो । 
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले राज्यले प्रमाणबिना कि पैसा तिर, कि उद्योग बन्द गर भन्दै उद्योगीमाथि दमन गरेको बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमले राज्यले नाजायज ढंगले उद्योग मार्ने काम गरिरहेको आरोप लगाए । हजारौं श्रमिकको रोजगारी गुम्ने अवस्था आउन नदिन उद्योगमा विद्युत आपूर्ति सुचारु गर्नुपर्ने माग राखे । 
कार्यक्रममा सहभागी उद्योग–श्रमिकहरुले उर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरणविरुद्ध नाराबाजी गरेका थिए । सो क्रममा उद्योगहरुमा तत्काल विद्युत आपूर्ति सुचारु गर्नुपर्ने माग राख्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इन्जिनियर संजय कुमार मिश्रलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
रुपन्देहीका २१ उद्योग र प्राधिकरण बिचको महसुल विवाद २०७७ सालबाट सुरु भएको हो । विद्युत प्राधिकरणले उद्योगीहरूलाई महशुल बुझाउन दबाब दिँदै आए पनि ऊसँग उद्योगीहरूले प्रयोग गरेको भन्ने प्रमाण भने दिन सकेको छैन। उद्योगीहरुले डेडिकेटेड तथा ट्रंकलाइन मार्फत बिद्युत् आपूर्ति नलिएको बताउँदै आएका छन्। उनीहरूले आफूहरूले लिँदै नलिएको विद्युतको महसुल बुझाउन प्राधिकरणले पटक–पटक दबाब दिएको बताउँदै आएका छन्। 



लुम्बिनी चिन्तन

थप समाचार