Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, ३४ बढि घाइते


  • लुम्बिनी चिन्तन
  • बैशाख ३, २०७८ शुक्रवार
  • 996
    SHARES

बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, ३४ बढि घाइते

बाँके । सुर्खेतबाट धरान जाँदै गरेको यात्रुबहाक बस बाँकेको कोहलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।  कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँद सवार सबै यात्रु घाइते भएका छन् । 

३९ जना यात्रुसहित सुर्खेतबाट छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ७ बजेतिर ठक्कर खाँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याइएको बाँकेका डिएसपी सुवास खड्काले बताए ।‘अस्पतालमा बिमारीको चापले घाइतेहरुको उपचारको व्यवस्थापन गरिरहेका छौं’डिएसपी खड्काले भने, ‘मृतक तथा घाइतेको पहिचान अझै खुल्न सकेको छैन । मृतकहरु सबै बसका यात्रु हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार