भैरहवा कात्तिक १७./
जेन्जी नेपाल रूपन्देहीको भेलाले सिद्धार्थनगर जेन्जी नगरसमिति गठन गरिएको छ । भेलाले आयुष तिमिल्सिनाको संयोजकत्वमा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जस्को सह–संयोजकमा नवराज भण्डारी र सुवेक्षा न्यौपाने चयन भएका छन् । त्यसैगरी सचिवमा सविता पन्थी, सह–सचिवमा गौरव अग्रहरी, कोषाध्यक्षमा युनिसा भण्डारी, र सदस्यमा शिमन गुरुङ रहेका छन् ।
त्यसैगरी, भेलाले विजय सागर श्रेष्ठ, नारायण प्रसाद भण्डारी, रामचन्द्र रेग्मी, लक्ष्मी अधिकारी र बी.एन. गुप्तालाई सल्लाहकार समितिमा चयन गरेको छ ।
विवेक पाण्डेको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि विजय सागर श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा सहभागी अतिथिहरू नारायण प्रसाद भण्डारी, सुमन न्यौपाने, रामचन्द्र रेग्मी, लक्ष्मी अधिकारी र बी.एन. गुप्तालगायतले नव गठित नगरसमितीका पदाधिकारीहरुलाई सुभकामना दिनु भएको थियो ।
युवा पुस्तामा नेतृत्व क्षमता, पारदर्शिता र जिम्मेवारीको भावना विकास गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास अतिथिहरुले गरेका थिए ।
सिद्धार्थनगर क्षेत्रका परिवर्तनशील सोचका युवालाई एउटै साझा मञ्चमा ल्याउने उद्देश्यले समिति गठन गरिएको आयोजकले जनाएको छ। कार्यक्रम सुरज पोखरेलको संचालनमा सम्पन्न भएको थियो।