भैरहवा पौष १०/
सिद्धार्थ सञ्जाल रुपन्देहीको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनको तयारी पुरा भएको छ ।
सिद्धार्थ सञ्जाल रुपन्देहीको सुक्रवार बिभिन्न कार्यक्रम गरी साधारण सभा तथा अधिवेशन गर्ने तयारी पुरा भएको सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताउनु भयो ।
गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल नियमित संचालनको आवाज उठाउनका लागी रुपन्हीहीका बिभिन्न संघसंस्था आबद्ध संस्थाहरुको नेतृत्व गर्दै सिद्धार्थ सञ्जाल गठन भएको थियो ।
सञ्जालमा हाल ३६ वटा संस्था आबद्ध रहेको संस्थाका महासचिव मधु पन्थीले जानकारी दिनु भयो । रुपन्देहीका बिभिन्न ३६ वटा संस्था सहित ७५ जना सदस्यहरु आबद्ध छन् ।
बिषेश गरी गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल नियमित संचालन गर्ने उदेश्यका साथ अगाडी बढेको सञ्जालले पर्यटन उधोग ब्यापारका क्षेत्रका समस्याहरु पहिचान गरी छलफल अन्तरकृया गर्दै समस्या समाधानका लागी पहलकदमी गर्दै आएको छ । सञ्जालको अधिवेशन सुक्रवार भैरहवामा हुदै छ ।