भैरहवा पौष १२/
बुद्ध जन्न्मस्थल लुम्बिनीमा शनिवार देखि लुम्बिनी न्यूज फेस्टिवल शुरु भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ शुरु भएको क्लवका महासचिव प्रकास न्यौपानेले जानकारी दिए ।
लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिएको न्युज फेस्टिवलमा १४ गते सकिने छ । पत्रकारिताको प्रबद्र्धन, पत्रकारिताको माध्ययमबाट लुम्बिनीको प्रबद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न फेस्टिवल आयोजना गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए ।
कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा छलफल गर्न नेपाल भारत लगायत बिभिन्न स्थानका अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाताहरु लुम्बिनी आएका छन् ।
न्युज फेस्टिवलले मोफसलको पत्रकारितालाई थप उचाइ प्रदान गर्ने क्लवका अध्यक्ष कमल रायमाझीले बताए । कार्यक्रममा भारतको दिल्ली प्रेस क्लब, काशी पत्रकार संघ, बनारस प्रेस क्लब, गोरखपुर प्रेस क्लब, महाराजगन्ज प्रेस क्लब, सिक्किम प्रेस क्लब , त्यसैगरी नेपालको बिभिन्न जिल्लाहरुबाट पत्रकारहरुको सहभागिता रहेको छ ।
कार्यक्रम उद्घाटन सत्रपछि ‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावनाना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामथ्र्य’ र ‘पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता’ विषयमा प्यानल डिस्कसन हुनेछ र यसले लुम्बिनी क्षेत्रको ब्राण्डिङ गर्नुका साथै लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र सीमापार सम्वन्धलाई अझै मजबुत पार्ने क्लवको उपाध्यक्ष दीपक घिमिरेले बताए ।
क्लबले २०७६ साल मंसिर १, २ र ३ गते प्रथम लुम्बिनी न्युज फेस्टिबल आयोजना गरेको थियो । कोरोना महामारीलगायत कारण यसलाई वार्षिक रुपमा निरन्तरता दिन नसकेपछि २०८० मा भैरहवामा दोस्रो न्युज फेस्टिबल गरेको थियो ।