Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ सञ्जाल, रुपन्देहीको अध्यक्षमा पुनः अनिल ज्ञवाली


  • लुम्बिनी चिन्तन
  • पौष १२, २०८२ शनिवार
  • 394
    SHARES

सिद्धार्थ सञ्जाल, रुपन्देहीको अध्यक्षमा पुनः अनिल ज्ञवाली


भैरहवा पुस १२/
सिद्धार्थ सञ्जाल, रुपन्देहीको अध्यक्षमा पुन अनिल कुमार ज्ञवाली चयन भएका छन् । सिद्धार्थ सञ्जालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बाट पुनः अनिल कुमार ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले जानकारी दिए ।
सञ्जालको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्षमा संजय बजिमय, डा. शान्त कुमार शर्मा, महासचिवमा मधु प्रसाद पन्थी, कोषाध्यक्षमा सतिश कुमार कौशल (दीपक), सचिवमा बिन्दु न्यौपाने र सह–कोषाध्यक्षमा राम प्रसाद पोखरेल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा केशवराज ज्ञवाली, विष्णु प्रसाद खरेल, पशुपति प्रसाद कान्दु, यादव प्रसाद आचार्य, सागर बेल्बासे, अभिनव मयुर कसौधन, नारायण कुँवर, टेक बहादुर घर्ती मगर, किशोर जोशी, शान्ता कंडेल, श्रीभगवान गुप्ता (श्रीचन्द), संजीव जोशी र पार्वती खनाल निर्वाचित भएका छन्  । त्यस्तै दुई जना सदस्यलाई मनोनित गरिएको छ । मनोनित हुनेमा सन्दीप कुमार अग्रहरी र दीपक के.सीरहेका छन् । साधारण सभा तथा अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गरेका थिए ।  
सिद्धार्थ संजाल गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल नियमित संचालनको आवाज उठाउनका लागी रुपन्द्येहीका बिभिन्न संघसंस्था आबद्ध संस्थाहरुको नेतृत्व गर्दै सिद्धार्थ संजाल गठन भएको थियो ।  संञ्जालमा हाल ३६ वटा संस्था आबद्ध रहेका छन् भने ७५ जना सदस्यहरु आबद्ध छन् । 
बिषेश गरी गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल नियमित संचालन गर्ने उदेश्यका साथ अगाडी बढेको संजालले पर्यटन उधोग ब्यापारका क्षेत्रका समस्याहरु पहिचान गरी छलफल अन्तरकृया गर्दै समस्या समाधानका लागी पहलकदमी गर्दै आएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार