Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सक्षम साहारा बहुउद्देश्य महिला समूहको चौथो अधिवेशन सम्पन्न , अध्यक्षमा संचिता अर्याल चयन


  • लुम्बिनी चिन्तन
  • पौष २४, २०८२ बिहिवार
  • 298
    SHARES

सक्षम साहारा बहुउद्देश्य महिला समूहको चौथो अधिवेशन सम्पन्न , अध्यक्षमा संचिता अर्याल चयन


भैरहवा पौष २४/

सक्षम साहारा बहुउद्देश्य महिला समूहकोे आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । 
अधिवेशनले संचिता अर्यालको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्ष निरु राना , महासचिव लाजिना देवकोटा अर्याल ,कोषाध्यक्ष खिम कुमारी थापा , 
सचिवमा रविना भण्डारी खत्री , सह कोषाध्यक्ष शान्ता भण्डारी चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा कल्पना ज्ञवाली , मिना सिंह क्षेत्री ,  रमा कली पुन र  तुलसी पन्थी चयन हुनु भएको समुहकी निवर्तमान अध्यक्ष शान्ता कडेलले जानकारी दिनु भयो । 

sssss.jpg

सक्षम सहारा बहुउद्देश्य महिला समूहकी अध्यक्ष शान्ता कँडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकि  उपप्रमुख उमा अधिकारी रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थ नगरपालिका वार्ड नम्बर ६का वडा अध्यक्ष वीरेन्द्र नाथ श्रीवास्तव , सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का अध्यक्ष छेदिलाल श्रीवास्तव , अतिथिमा माइती नेपालकि प्रमुख माया क्षेत्री , परोपकार सङ्घ जिल्ला रूपन्देहीका अध्यक्ष शान्ति अधिकारी , हिन्दू युवा बहिनी लुम्बिनी प्रदेशका अध्यक्ष पुरण सिंह राणा , दुर्गा समुदाय सेवा केन्द्र ३,५,६ का अध्यक्ष अजयकुमार गुप्ता ,उद्योग व्यापार संगठनका अध्यक्ष सचिन रोक्का  सिद्धार्थ नगरपालिका वडा नम्बर ६ का सदस्य अनिल गुरुङ सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली , उद्योग व्यापार संगठनका महासचिव लक्ष्मी अधिकारी, हिन्दू युवा बहिनी रूपन्देही जिल्ला अध्यक्ष लक्ष्मण गुप्ता , दुर्गा मन्दिर किशोरपुर गाउँ समाज अध्यक्ष पुनम क्षेत्री, दीप ज्योति सचेतना महिला समूह अध्यक्ष विष्णु केसी लगायतको आथित्यता रहेको थियो ।

sacham sahara 2.jpg
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष खिमकुमारीले प्रस्तुत गर्नुभएको थियो । त्यसै गरेर संस्थाकी सचिव लाजिना देवकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा अपाङ्गता भएका ब्यक्ती ,संस्थालाई सहयोग गर्ने सहयोगी दाताहरू,  त्यसै गरी सातजना जेहेन्दार विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत सन्चिता अर्याल र सञ्चालन लाजिना देवकोटाले गर्नु भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार