Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्ने डिसीसीएमसी रुपन्देहीको निर्णय


  • लुम्बिनी चिन्तन
  • बैशाख ४, २०७८ शनिवार
  • 1.1K
    SHARES

स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्ने डिसीसीएमसी रुपन्देहीको निर्णय

भैरहवा । रुपन्देहीमा स्वास्थ्य  मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्न सकिने भएको छ ।
जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको शनिबार दिउसो बसेको बैठक जिल्ला स्थित सम्पूर्ण स्थानिय  तहहरुले आ–आफ्नो पालिका  अन्तरगतका सबै विद्यालयहरुले स्वास्थ्य  मापदण्डहरुको पूर्ण रुपमा पालना हुने गरी  विद्यालय संचालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको हो । 
बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि हाल सम्म भएको कार्यहरुको समिक्षा गर्दै बेलहिया नाका हुदै आउने नागरिकलाई सिमामा स्थापित होल्डिङ सेन्टरमा स्वास्थ्य जाच गरी संकास्पद व्यक्तिको अनिवार्य एन्टिजेन परिक्षण गरी पोजिटिभ देखिएकालाई सम्बन्धित अस्पताल वा आइशोलेशन सेन्टर पठाउने, जिल्ला भित्रका पालिकामा र बाहिरी भए जिल्लामा पठाउने व्यवस्था मिलाउने निर्णय भएको छ । 
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालको क्षमता बृद्धि गर्न नेपाल सरकार र लुम्बिनी  प्रदेश सरकारलाई अनुरोध गर्ने, दुबै अस्पतालमा १५–१५ वेडको स्क्रीनिङ सेन्टर बनाउने तथा कोभिड अस्पतालमा थप भेन्टिलेटर, अक्सिजन, नेबुलाइजर लगायतका सामाग्रीको व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग बजेट उपलब्धका लागि अनुरोध गर्ने , जिल्लामा ३०० बेडको आइशोलेशन सेन्टर स्थापनाका लागि बजेट उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्ने, ९ बजे सम्म मात्र सबै प्रकारका व्यवसाय संचालन गर्ने, सबै पालिकाहरुले आफनो पालिका भित्रका नागरिकको व्यवस्थापनका लागि क्वारेन्टाईन र आईसोलेसन केन्द्र तत्काल तयार गर्ने लगायतको निर्णय भएको डिसीसीएमसीका संयोजक एवम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।  
बैठकले यातायात सेवा प्रदायक सस्थाहरुले सार्वजनिक यातायातमा भिडभाड कम गर्ने, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सवारी साधनमा मास्क सेनिटाइजरको व्यवस्था गरी जनस्वास्थ्य मापदण्ड कडाईका साथ अनिवार्य पालन गर्नु पर्ने निर्णय गरेको हो ।
पिसीआर परिक्षण रिर्पोट आउन ढिलाई भएको कारण समस्या परेको भन्दै यथासक्य छिटो रिर्पोट उपलब्ध गराई जिल्ला प्रशासन कार्यालय र आपतकालिन जिल्ला कार्य संचालन केन्द्रमा अनिवार्य जानकारी गराउने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई संक्रमण रोग ऐनबमोजिम कारबाही गर्ने निर्णय भएकोे जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।
यसअघिकाृ बैडकले भिडभाड गरि गरिने मेला, महोत्सव, भेलाहरु रोक्ने, हाल सञ्चालनमा रहेका हाटबजार, बिद्यालय लयागतका क्षेत्रहरुमा प्रभाव नपर्ने गरि अन्य सभा सम्मेलन र भिडभाड युक्त कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको थियो ।
केन्द्रका संयोजक तथा प्रजिअको संयोजकत्वमा बसेको बैठकमा रुपन्देहीका पालिकाहरुका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार