Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

धादिङमा मध्यराति भएको बस दुर्घटनामा १७ जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ११, २०८२ सोमवार
  • 216
    SHARES

धादिङमा मध्यराति भएको बस दुर्घटनामा  १७ जनाको मृत्यु

भैरहवा फागुन ११,

धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन्।

राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ  जादै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।

मृत्यु भएका १७ जनाको शव घटनास्थलमा छ । राति भएकाले उद्धारमा कठिनाइ भएकाे प्रहरीहरूले बताएका छन् ।

 घाइते २४ जनालाइ उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।


लुम्बिनी चिन्तन

थप समाचार