Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गुल्मेली सम्पर्क समाज सिद्धार्थनगरको चौंथो अधिवेशन, केशव ज्ञवालीको नेतृत्वमा नयां  कार्यसमिति

पत्रकार  शर्मा सहित विभिन्न व्यक्ती सम्मानित ।


  • लुम्बिनी चिन्तन
  • बैशाख ४, २०७८ शनिवार
  • 2.9K
    SHARES

गुल्मेली सम्पर्क समाज सिद्धार्थनगरको चौंथो अधिवेशन, केशव ज्ञवालीको नेतृत्वमा नयां  कार्यसमिति

भैरहवा। गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाको चौंथो अधिवेशन तथा टेलिफोन डाईरेक्टरी विमोचन कार्यक्रम शनिवार भैरहवामा सम्पन्न भएको छ । 
गुल्मी जिल्लामा जन्म भई विभिन्न पेशा,व्यवसाय,अध्ययनको शिलशिलामा रुपन्देहीमा वसोवास गर्दै आएका गुल्मेलीहरुको संस्था गुल्मेली सम्पर्क समाजको सिद्धार्थनगर शाखाका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा बोल्ने वतmाहरुले रुपन्देहीलाई कर्म थलो बनाएका गुल्मेलीहरु संस्थागत हुनु राम्रो पक्ष रहेको बताए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीले पेशा,व्यवसाय, पढाईको शिलशिलामा रुपन्देहीमा वसोवास गरेर पनि आफ्नो जन्मथलोको सम्झना गर्दै  गुल्मेलीहरु संस्थागत रुपमा सामाजिक काममा सक्रिय हुनु धरै प्रशंसनीय रहेको बताए । गुल्मिमा जन्मिएका व्यतिmहरु तेजिला, नेपाल सरकारका विभिन्न माथिल्लो आहोदामा रहेर सेवा गरिरहेको स्मरण गर्दै शिक्षाको क्षेत्रमा समेत गुल्मी जिल्लाको ठुलो देन रहेको बताए । 

WhatsApp Image 2021-04-17 at 5.26.59 PM.jpegसो अवसरमा विशष्ठि अतिथि गुल्मेली सम्पर्क समाज रुपन्देहीका कार्यवाहक अध्यक्ष नारायण पन्थले समाजले सबै गुल्मेलीलाई एकतृत गर्दै समाजमा धेरै उदारहणिय काम गरेको बताए । कार्यक्रममा अथितिहरु ऋषिराम भण्डारी, कृष्ण प्रसाद उपाध्याय, डिल्लीराज भट्टराई, हितराज पन्थी, नारायण प्रसाद भण्डारी, रुद्र ज्ञवाली, विष्णुपन्थी, गोपाल प्रसाद पाण्डे अल्छी, घाश्याम विक, शान्ता कडेल, खेमराज पुन, कृष्ण प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य तथा आआफ्ना रचना वाचन गरेका थिए ।
पत्रकार शर्मा सहित विभिन्न व्यक्ती सम्मानित   
गुल्मी जिल्लामा जन्म भई रुपन्देही जिल्लामा वसोवास गर्दै आएका गुल्मेलीहरुको साझा संस्था गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरले पत्रकार सम्झना शर्मा सहित विविध विधाका दर्जन बढी व्यतिmलाई सम्मान गरेको छ ।
समाज सिद्धार्थनगर शाखाको चौथो अधिवेशनको अवसरमा समाजका गतिविधिलाई संचारको क्षेत्रबाट योगदान पुर्याएको भन्दै भैरहवा टेलिभिजनमा कार्यरत पत्रकार सम्भना शर्मालाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो । 

WhatsApp Image 2021-04-17 at 5.29.51 PM.jpegयसरी सम्मानित हुने अन्य व्यतिmहरुमा सेवा निवृत्ततर्फ मणि कुमार ज्ञवाली, घनश्याम विक, सुर्य प्रसाद खनाल, झुसे पेमी मगर, शालिक राम पाण्डेय, डांसुराम पाण्डे, जानकी जिसी, गणेश प्रसाद ज्ञवाली, हान बहादुर कुंवर, डा. दामोदर ढकाल, कुल प्रसाद खनाल, राम प्रसाद पौडेललाई दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गरिएको छ । 
यस्तै उद्योगीतर्फ नारायण प्रसाद भण्डारी,खीम बहादुर खत्री साजसेवी तर्फ कुलानन्द ज्ञवाली, गोपाल प्रसाद पाण्डे अल्छी, शिक्षा तथा साहित्य तर्फ डिल्लीराज भट्टराई सम्मानित भएका छन् । समाज सिद्धार्थनगर शाखाका सहसचिव शालिकराम पाण्डेयको संचालन तथा प्रथम उपाध्यक्ष केशवराज ज्ञवालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
केशव ज्ञवालीको नेतृत्वमा नयां कार्यसमिति  
अधिवेशनबाट केशव ज्ञवालीको नेतृत्वमा १३ सदस्यीय नयां कार्यसमिति निर्विरोध चयन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा तारा भण्डारी,द्धितीय उपाध्यक्षमा सिता भण्डारी, सचिवमा शालिकराम पाण्डेय, सहसिचवमा अर्जुन प्रसाद गौतम, कोषाध्यक्षमा मञ्जु पाण्डे चयन भएका छन् । नयां समितिको सदस्यहरुमा दुर्गा केशी, रविना भण्डारी खत्री, राम प्रसाद पोख्ेल, विष्णु प्रसाद उपाध्याय, निम बहादुर कुंवर, छवि ज्ञवाली, घनश्याम विक निर्विरोध निर्वाचित भएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार