भैरहवा चैत्र २४/
होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश–विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिदै आएको होटल पौवाले चैत २६, २७ र २८ गते तीन दिनसम्म होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्न लागीएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णु प्रसाद भण्डारीले बताए ।
कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको भण्डारीले बताए । छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको होटल पौवा भैरहवा शाखाका महाप्रबन्धक निशान्त खरेलले बताए ।
होटल पौवा सञ्जालमा हाल झण्डै १ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागीता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको खलेलले बताए ।
‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको खरेलले जनाए ।
हेटलले कार्यक्रमको पुर्वसन्ध्यामा बुधबार होटलका कर्मचारीसहित भैरहवामा र्याली गरिने छ । दिउँसो रक्तदान कार्यक्रम आयोजना गरिएको छ । २६, २७ र २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हरेक दिन दुई थरिका नेपाली खाना पाहुनालाई पस्किएर उत्सव मनाइनेछ । उत्सवमा खानाका बिभिन्न परिकारका स्टलहरु राखिए पनि हरेक दिन दुईथरिका फरक फरक खाना निःशुल्क उपलब्ध गराइनेछ ।
रुपन्देहीको सालझण्डीस्थित सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका बिभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ ।