Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

डा ल्हारक्याल लामा म्यानमार सरकारको प्रतिष्ठित “महासद्धम्म जोतिकधज” धार्मिक उपाधिबाट सम्मानित


  • लुम्बिनी चिन्तन
  • जेठ १०, २०८३ आइतवार
  • 300
    SHARES

डा ल्हारक्याल लामा  म्यानमार सरकारको  प्रतिष्ठित “महासद्धम्म जोतिकधज” धार्मिक उपाधिबाट सम्मानित

भैरहवा जेठ १०,/

बुद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै  खेन्पो छिमेद छेरिङ (डा ल्हारक्याल लामा ) म्यानमार सरकारको  प्रतिष्ठित “महासद्धम्म जोतिकधज” धार्मिक उपाधिबाट सम्मानित भएका छन् ।

म्यानमार सरकारले प्रत्येक वर्ष बुद्ध धर्मको शास्त्रीय अध्ययन , साधना अभ्यास  तथा बुद्ध शासनको संरक्षण र प्रवर्द्धनमा विशिष्ट योगदान दिने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वहरूलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ ।

सोही क्रममा सन् २०२६ का लागि खेन्पो छिमेद छेरिङलाई बुद्धको साँचो धर्मलाई उज्यालो बनाउने महान ध्वजवाहकका रूपमा “महासद्धम्म जोतिकधज” उपाधि प्रदान गरिएको हो ।

उक्त सम्मान नेपालका लागि म्यानमारका राजदूत  थान्त सिनले शुक्रबार काठमाडौंको साँखु–शंकरापुर नगरपालिका–८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहबीच प्रदान गरेका हुन् ।

म्यानमार सरकारले प्रदान गर्ने यो सबैभन्दा प्रतिष्ठित अवार्ड इतिहासमै पहिलोपटक  महायाना सम्प्रदायका विद्वान गुरुलाई प्रदान गरेको  हो ।  गत बर्ष सो उपाधी कम्बोडियाका महान सर्वोच्च धर्मगुरु  सम्देच प्रेअह महा सोमेधाधिपतेय कित्ती उद्देसपण्डित नुन नेगतलाई त्यहाँका  प्रधानमन्त्री सम्देच हुन मानेटको अध्यक्षता आयोजित भब्य समारोहका बीच सम्मान  गरिएको थियो।  

उक्त सम्मान वितरण समारोहमा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, धार्मिक व्यक्तित्व, श्रद्धालु तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा म्यानमारका राजदूत, उपप्रमुख (डीसीएम) तथा प्रथम सचिव, श्रीलंकाका राजदूत, भारतीय दूतावासका उपप्रमुख (डीसीएम), अमेरिकी दूतावासका प्रथम सचिव, बैंगलोरस्थित महाबोधि सोसाइटीका अध्यक्ष तथा महासचिव, अखिल भिक्षु महासंघका अध्यक्ष, योल्मो समुदायका सदस्यहरू तथा भुटानबाट डा. करम फुन्त्सोकको उपस्थिति रहेको थियो । 

साथै, अभिषेक जोशी वास्तु, डा. वासुदेव शास्त्री, डा. चिन्तामणि योगी तथा   पुष्पराज पुरुषको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार