Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अधिकांस युवा र बालबालिका संक्रमित, एक सातामै तीन गुणा बढे


  • लुम्बिनी चिन्तन
  • बैशाख ५, २०७८ आइतवार
  • 836
    SHARES

अधिकांस  युवा र बालबालिका संक्रमित, एक सातामै तीन गुणा बढे

भैरहवा ।रुपन्देहीमा कोरोना भाइरस कोभिड–१९का सक्रिय संक्रमित तीन गुणा बढेको छ । चैत्रको अन्तिम साता ८६ जना सक्रिय संक्रमित रहेको रुपन्देहीमा बैशाखको पहिलो सातामै शनिबार बढेर २५६ जनामा पुगेको छ ।  स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार कोभिड–१९का सक्रिय संक्रमितको संख्या लगातार पछिल्लो तीन साता देखि बढ्दै गएको छ । चैत्रको दोस्रो साता ३७ जनामा रहेको संक्रमण तेस्रो साता ४२ र अन्तिम साता ८६ पुगेको हो ।  

रुपन्देहीमा सक्रिय संक्रमित लगातार पछिल्लो तीन साता देखि बढ्दै गएको छ, हाल २५६ जना छन जसमध्ये ४० वर्ष मुनिका मात्रै ५२ प्रतिशत बढि अर्थात १३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए । त्यस्तै ७० वर्ष माथिका ६ जना, ४० वर्ष देखि ७० वर्ष उमेर समूहका ११५ जना रहेका छन । स्थिर रहेको संक्रमण भारतमा तिव्र गतिमा बढेसँगै नेपालमा पनि बढेको छ, पहिला व्यस्क र बृद्धहरुमा देखिएको संक्रमण अहिले तल्लो उमेर समूहमा बढि देखिएको छ । रुपन्देहीको हकमा २० वर्ष मुनिका १८ जना हाल पनि संक्रमित छन प्रमुख गिरीले भने ।

नयाँ भेरियन्ट हो वा पुरानै हो भन्ने अवस्था छैन तर तल्लो उमेर समूहमा संक्रमण बढेको देखिएको छ, यसलाई सहज रुपमा लिनु हुदैन जोखिम कायमै छ गिरीले भने ।

शनिबार मात्रै रुपन्देहीमा १३ महिला र २१ पुरुष गरी ३४ जनामा संक्रमण पुष्टि भएको छ, थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ९ हजार ४ सय १४ पुगेको छ । त्यस्तै १५७ जनाको मृत्यु भएको छ भने विभिन्न क्षेत्रबाट ९ हजार १ जना निको भएर फर्किसकेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए  । 

शनिबार बुटवल उपमहानगरपालिकाका १७ जना, तिलोत्तमा नगरपालिकाका ७ जना, सिद्धार्थनगर नगरपालिकाका ५ जना, कञ्चन गाउपालिकाका २ जना, सैनामैना नगरपालिका, देवदह नगरपालिका र ओमसतिया गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हामीले सबै स्थानीय तहलाई निगरानी बढाउने, बाहिरबाट आएकालाई क्वारेन्टिन गर्ने, संकास्पदको परिक्षण गरी आइशोलेशनमा राख्ने, कन्ट्रयाक्ट टे«सिङ गर्ने काम गरिरहेका छौ । रुपन्देहीका ४ वटा ल्याबबाट परिक्षण पनि गरिरहेका छौ भने आरडिटी एन्टिजिन किटबाट पनि परिक्षणलाई पालिका स्तरसम्म पठाएका छौ फोकल पर्सन शाहले भने ।

संक्रमणदर बढेपनि रूपन्देहीमा शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कोे बैठकले तत्काल विद्यालय बन्द नगरी स्वास्थ्य मापदण्डहको पूर्ण पालना पालना गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार