भैरहवा । नेपाल-भारतसँग सीमा नाका बेलहिया बन्द भएकाे छ। १९ अप्रेल अर्थात अाज हुने उत्तरप्रदेश महराजगंजकाे दाेस्राे चरणाकाे निर्वाचनका लागि सिमा बन्द गरीएकाे हाे । बिहान ७ बजेदेखि साझ ६ बजे सम्म हुने ग्राम पञ्चायत निर्वाचनलाइ मध्यनजर गर्दै दुवै देशका सुरक्षाा निकायकाे समन्वयमा सिमा बन्द भएकाे छ ।
अाइतबार साझ देखि बेलहिया–सुनौली नाका पुर्ण रुपमा बन्द गरेका छाै । अतिअावश्यक बाहेक सबैकाे लगि सिमा बन्द छ, निर्वाचन सम्पन्न भएर मतगणाना स्थलमा सामाग्री पुगे सम्म साझ ६ बजे सम्म सम्पूर्ण सिमा पुर्ण रुपमा बन्द रहने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारण नाकाबाट आवत जावत गर्न नपाईने तर बिरामीहरुको हकमा भने सुरक्षा अधिकारीहरुको समन्वयमा व्यवस्था मिलाईने छ । नेपाल र भारतमा निर्वाचन हुँदा दुवै देशको सहमतिमा सीमा नाका बन्द हुदै अाएकाे छ ।
निर्वाचनलाइ मध्यनजर गर्दै अन्य खुला सिमानामा पनि सुरक्षा गस्ती बढाईएको छ ।