Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पछिल्लो २४ घण्टामा भैरहवा ४, बुटवलमा २ कोरोना संक्रमितको मृत्यु


  • लुम्बिनी चिन्तन
  • बैशाख ६, २०७८ सोमवार
  • 1.4K
    SHARES

पछिल्लो २४ घण्टामा भैरहवा ४, बुटवलमा २ कोरोना संक्रमितको मृत्यु

भैरहवा । रुपन्देहीमा कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ । भैरहवा स्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलमा उपचाारत द्वय महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो । अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र  बुटवल १३ की ७९ वर्षिय महिलाको मृत्यु भएको छ । यस्तै भैरहवामा उपचाररत ४ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षिय, झिमरुक प्युठानका ५८ वर्षिय, रानीगंज मोतिपुर रुपन्देहीका ३८  वर्षिय र स्वर्गधारी प्युठानका ४८ वर्षिय पुरुष रहेको युसिएमएस मेडिकलका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए । 
गुरुङका अनुसार युसिएमएस कोभिड युनिटमा ७ जना भेन्टिलेटर सहित ९ जना आइसियुमा, १२ जना एचडियुमा र १९ जना इमरजेन्सी आइशोलेशन बेडमा उपचाररत छन । 

 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार