भैरहवा । सरकारले विद्यालय बन्द गर्ने भनेपनि रुपन्देहीको बुटवल र भैरहवाका अधिकांस विद्यालयहरु मंगलबार सञ्चालनमा रहेका छन । नेपाल सरकारको सोमवार बसेको मन्त्रिपरिषदको बैठकले रुपन्देहीको बुटवल र भैरहवा सहित कोरोना संक्रमण बढेको ४० स्थानिय तहमा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयलाई विद्यालयले लत्याउदै मंगलबार अधिकांस विद्यालय संचालन गरेका छन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका र भैरहवा सिद्धार्थनगर नगरपालिकाका विद्यालय बन्द गर्न निर्देशन दिएको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दिपेन्द्र ढकालले भने । ‘सरकारले पठन पठन बन्द गर्न भनेको हो । परिक्षा रोक्न भनेको छैन । त्यसैले हामीले कक्षा सञ्चालन हुन दिन्नौ । परिक्षा चल्छ । ढकालले भने ।
हामीले बुटवल र भैरहवाका विद्यालय बन्द गर्न भनेका छौ । बाँकी स्थानिय तहको हकमा विद्यालयले स्वास्थ्य मापदण्डको पालना गरेर पठन पाठन गराउन सक्ने । लगभग पढाइ सकिएकोले परिक्षा मात्र बाँकी हो अब परिक्षा लिएर विद्यालय बन्द गर्ने तयारीमा छौं।’ ढकाले भने ।
भैरहवामा भने बुधबार देखी विद्यालय बन्द हुने भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले बैशाख २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । ‘यहाँ केही विद्यालयमा बालबालिकामा कोरोना संक्रमण पनि देखिएको छ । त्यसैले विद्यालय बन्द गर्ने तयारी गरेका छौं । सरकारले पनि निर्णय गरेछ ।’ उनले भने ‘२० गतेसम्म पढाइ बन्द गरेर हेर्छाैं। त्यसपछि अवस्था केही सहज भयो भने परिक्षा सञ्चालन गर्छौ।’
निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सन रुपन्देहीले भने आइरहेको परिक्षा सक्न दिएर विद्यालय बन्द गर्दा उपयुक्त हुने बताएको छ । ‘सरकारले निर्णय गरिसक्यो । पठन पाठन बन्द गर्नैपर्छ ।’ उनले भने ‘अरु पालिकामा त समस्या छैन । बुटवल र भैरहवा परिक्षा सञ्चालन गर्न दिदाँ राम्रो हुन्थ्यो ।