Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा कोभिड–१९ विरुद्धको दोस्रो डोज लगाइदै


  • लुम्बिनी चिन्तन
  • बैशाख ७, २०७८ मंगलवार
  • 1.3K
    SHARES

रुपन्देहीमा कोभिड–१९ विरुद्धको दोस्रो डोज लगाइदै

भैरहवा । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो डोज मंगलबार (आज)देखि दिँदैछ । गत १४ माघदेखि १० फागुनसम्म कोभिड—१९ विरुद्धको खोपको पहिलो डोज लगाएकालाई आजदेखि दोस्रो डोज लगाउन थालेको हो ।
पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकार लगायतलाई विहान १० बजेबाट अपरान्ह ४ बजेसम्म देशका विभिन्न खोप केन्द्रबाट कोभिशिल्ड खोप दोस्रो डोज लगाउन थालिएको छ ।

रुपन्देहीका ४ वटा खोप केन्द्र लुम्बिनी प्रादेशिक अस्पताल,  भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र आम्दा अस्पतालबाट दोस्रो डोजको खोप सेवा दिइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । 
हामीले पहिलो चरणको पहिलो प्राथमिकतामा परेका ६ हजार ७ सय ९१ जना र दोस्रोे प्राथमिकतामा परेका ७ हजार ५ सय ६  जना गरी कुल १४ हजार २ सय ९७ जनालाई पहिलो डोजको खोप लगाएका थियौ पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा दोस्रो डोजको खोप लगाइदै छ स्वास्थ्य प्रमुख गिरीले भने ।

पहिलो प्राथमिकताका मध्ये १ हजार ९ सय ३० जनालाई हामीले यस अघि गत साता नै खोप दिइसकेका छौ बाकी १२ हजार ३ सय ६७ लाक्षित समूहलाई आज मंगलबार र बुधबार खोप लगाइने छ । हामीसँग अहिलेको लागि पहिला लगाएकै खोप कोभिसिल्ड प्रयाप्त रुपमा छ, आज ४ वटा खोप केन्द्र र भोली पािलका स्तरमा समेत गरेर १७ वटा खोप केन्द्रबाट खोप सेवा दिने छौ स्वास्थ्य प्रमुख गिरीले भने । 
पहिलो चरणमा चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् । देशभर कोभिड—१९ विरुद्धको खोपको दोस्रो मात्रा दिनका लागि ९५३ खोप केन्द्र तोकिएको मन्त्रालयले जनाएको छ । 


दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमले बताए ।  सबै जिल्लाबाट दिइने खोपका लागि स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र थपघट गर्नसक्ने सक्छन ।कोरोना भाइरसविरुद्धको खोप लगाउन एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण फैलिने डर र संक्रमण नियन्त्रणका लागि सम्बन्धित व्यक्ति तोकिएको नजिकको खोप केन्द्रमै गएर खोप लगाउन सक्छन । 

 


लुम्बिनी चिन्तन

थप समाचार