Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

१० महिनामा ९६९ सवारी दुर्घटना, रुपन्देहीमा सबै भन्दा बढि


  • लुम्बिनी चिन्तन
  • बैशाख ८, २०७८ बुधवार
  • 1.1K
    SHARES

१० महिनामा ९६९ सवारी दुर्घटना, रुपन्देहीमा सबै भन्दा बढि

रुपन्देही । पछिल्लो दश महिनामा लुम्बिनी प्रदेशमा ९६९ सवारी दुर्घटना भएकाे छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको तथ्याङका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को चैत्र मसान्त सम्म साना ठूला गरी सो सख्यामा दुर्घटना भएको छ जसबाट ४ सय ४ जनाले ज्यान गुमाएका हुन । 

लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये सबै भन्दा बढि रुपन्देहीमा दुर्घटना भएको छ ।रुपन्देहीमा मात्रै २११ सवारी दुर्घटना भई १०७ जनाले ज्यान गुमाएका छन् । सो घटनाबाट १६३ जना गम्भीर घाइते र ९७ जना सामान्य घाइते भएका छन् । यस्तै नवलपरासी पश्चिममा १३७ दुर्घटना हुदाँ ३५ जनाको मृत्यु, १४२ जना गम्भीर घाइते र ४७ जना सामान्य घाइते भएका छन, कपिलबस्तुमा ९२ दुर्घटना, ४६ जनाको मृत्यु, ७० गम्भीर घाइते र २४ जना सामान्य घाइते भएका छन । त्यस्तै पहाडी जिल्ला पाल्पामा ४७ वटा  दुर्घटनाबाट १५ जनाको मृत्यु, ४२ जना गम्भीर घाइते र ४० जना सामान्य घाइते, गुल्मीमा ३० दुर्घटनाबाट १९ जनाको मृत्यु, २४ गम्भीर घाइते र ४३ जना सामान्य घाइते भएका छन ।

यस्तै अर्घाखाँचीमा २२ दुर्घटना, ४ जनाको मृत्यु, २२ गम्भीर घाइते, २० सामान्य घाइते भएका छन् । दाङमा १८० दुर्घटना, ६३ जनाको मृत्यु, २१० गम्भीर घाइते र १०० जना सामान्य घाइते, बाँके जिल्लामा १२३ दुर्घटना, ५६ को मृत्यु, ७७ गम्भीर घाइते, बर्दियामा ७६ दुर्घटना, ३१ जनाको मृत्यु, ८० जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएका छन ।

यस्तै प्यूठानमा १६ दुर्घटनाबाट ६ जनाको मृत्यु, १२ गम्भीर घाइते र १० सामान्य घाइते, रोल्पा जिल्लामा १६ वटा दुर्घटनाबाट ६ जनाको मृत्यु, १२ गम्भीर घाइते र २० सामान्य घाइते, पूर्वी रुकुममा ११ दुर्घटना, ३ जनाको मृत्यु , १० जना गम्भीर घाइते र १९ सामान्य घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

वि.क.का अनुसार सबै भन्दा बढि दुर्घटना तीव्र गतिका कारण भएको छ । यस्तै पहाडी जिल्लामा सडकको अवस्थाको कारण, चालकको लापरवाहीका कारण पनि दुर्घटना भएका छन् ।दुर्घटना रोक्नका लागि लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले धेरै दुर्घटना हुने र दुर्घटना भएका स्थानमा विद्यालय, स्थानीय संघ संस्था र क्लबसँगको सहकार्यमा सडकमै जनचेतना मूलक कार्यक्रम गर्दै आएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार