Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा आज थपिए ११८ काेराेना संक्रमित, यस वर्षकै सार्वधिक


  • लुम्बिनी चिन्तन
  • बैशाख ८, २०७८ बुधवार
  • 782
    SHARES

रुपन्देहीमा आज थपिए ११८ काेराेना संक्रमित, यस वर्षकै सार्वधिक

भैरहवा ।  रुपन्देहीमा यस वर्षकै सार्वधिक कोरोना संक्रमित आज देखिएकाे छन । समान्यतया २ अंकमा रहेकाे रूपन्देहीकाे दैनिक संक्रमित आज तीन अंकमा उकालेा लागेकाे हाे । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६५ पुरुष र ५३ महिलामा कोरोना पुष्टि भएको छ । जिल्लामा सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा ६७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा २४ र सिद्धार्थनगरमा १९ जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ९७४९ पुगेको छ भने कोरोना संक्रमणका कारण रुपन्देहीमा १६३ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा ५४८ जनाले होम आइसोलेशन, सरकारी आइसोलेशन तथा कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका छन् ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार