भैरहवा । लुम्बिनी प्रदेशमा रहेका चारवटै कोरोना विशेष अस्पताल भरिएको छ । कोरोना संक्रमित दिनानुदिन बढ्न थालेपछि प्रदेश भरिका कोरोना विशेष अस्पताल भरिएको हो । सरकारले तोकेको अस्पताल भरेसँगै कोरोना संक्रमित उपचारमा कठिनाइ भइरहेको छ ।
रूपन्देहीको बुटवल र भैरहवामा, दाङको बेलझुन्डी र बाँकेको नेपालगन्जमा सरकार कोरोना विशेष अस्पताल सञ्चालन गरेको मध्ये भीम अस्पताल बाहेक सबै अस्पताल भरिएको छ । भिम कोभिड विशेष अस्पतालमा रहेको जनरल बेडलाई स्तोरन्नती गरी हाई डिपेन्डेन्स युनिट (एच.डि. यु.)को रुपमा स्तरोनन्ती भए सँगै यहाँका सबै वेड पनि भरिएको छ । हामीसँग ४ वटा भेन्टिलेटर सहिट ५ वेडको आइसियु र २० वटा एच.डि. यु वेड छ, स्तारोन्नती सँगै सबै भरिएको छ अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले बताए ।
सबै विरामीलाई भेन्टिलेटर सम्म पु¥याउन नसक्दा अक्सिजनको कमि नहोस भन्दै सबै वेडमा पाइपलाइन गरि एच.डि.यु. को रुपमा स्तारोन्नती गरेका छौ । यस्तै २ वटा वेडमा भेन्टिलेटर रहेकोमा अहिले २ वेडमा पनि थप गभएको छ, विरामीहरु आए पनि फर्काउनु पर्ने अवस्था छ, हामीसँग २५ जनाको क्षमता भएपनि आज २६ जना विरामी राखेका छौ डाक्टर पोखरेलले भने ।
कोभिड अस्पतालकै लागि हाल एक जना कोभिड फोकल पर्सनको नेतृत्वमा ३ जना मेडिकल र एक जना एन्थेसिया सहित १० जना नर्स, ४ जना कार्यालय सहायकको टिम छ । जनशक्तिको समस्या कायमै छ सूचना अधिकारी पोखरेलले भने । मुख्यता हामीलाई कन्सलटेन्टका लागि एक जना फिजिसियन र अझै ३ जना मेडिकल अफिसरहरुको कमि छ, यसका विरामी चाप सँगै अन्य जनशक्तिको पनि आवश्यकता छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा १६ आईसीयू बेड रहेकामा अहिले १२ वटा मात्र सञ्चालनमा छन । सबै बेडमा बिरामी छन। बुटवल कोरोना विशेष अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले संक्रमितको संख्या बढे पनि बेड नबढेको बताए । सरकारले गर्नूस् मात्र भन्ने तर कार्यान्वयनको पाटोमा मौन बसिदिँदा अस्पताललाई अप्ठ्यारो परेको उनको भनाइ छ ।
बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा पाँच आईसीयू बेड र २० एचडीयू बेड सञ्चालनमा छन। ती बेड पनि भरिभराउ छ । नेपालगन्जस्थित भेरी अस्पतालमा पनि उस्तै अवस्था छ संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए । ‘एक सय बेड क्षमता भएकाले अहिलेसम्म थेग्न सकिएको छ,’ उनले भने, ‘संक्रमितको उपचारमा खटिने जनशक्तिलाई नै संक्रमण देखिन थालेकाले अवस्था नाजुक बन्दै गएको छ ।’ यही अवस्थामा जनशक्ति संक्रमित भइरहे अस्पताल बन्द हुने संकेत देखिएको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४ वटै कोरोना विशेष अस्पतालमा २ सय ४१ बेड छन । यीबाहेक नेपालगन्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताल लगायतमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ । निजी अस्पतालमा पनि ३ सय ८१ बेडको छ ।