Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२७ जनामा संक्रमण 


  • लुम्बिनी चिन्तन
  • बैशाख १०, २०७८ शुक्रवार
  • 1.5K
    SHARES

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२७ जनामा संक्रमण 

भैरहवा । रुपन्देहीमा शुक्रबार २२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८११ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार १२ स्थानीय तह क्षेत्रका थप ९९ महिला र १२८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । शाहका अनुसार सबै भन्दा बुटवल उपमहानगरपालिकामा ५१ महिला र ६४ पुरुष गरी ११५ जनामा थप संक्रमण देखिएको छ ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ४० जनामा, तिलोत्तमा नगरपालिकामा ४४ जना, सैनामैनामा १० जना, देवदहमा ३ जना, ओमसतिया, कंचन र रोहिणीमा ४–४ जनामा, गैडहवा, लुम्बिनी सास्कृतिक, सियारी र सुद्धोधनमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १० हजार ४४ पुगेको शाहले जानकारी दिए ।

कार्यालयका अनुसार हाल सम्म १६५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ९०६८ जना निको भएर फर्किसकेका छन, ८११ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन । अहिले सक्रिय संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको छ ।

 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार