Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बन्ने भयो भलवारीमा पाँचतारे होटल फाउन्टेन फन

२ अर्बको लगानी, स्थानीयलाई प्राथमिकता


  • लुम्बिनी चिन्तन
  • बैशाख ११, २०७८ शनिवार
  • 2.7K
    SHARES

बन्ने भयो भलवारीमा पाँचतारे होटल फाउन्टेन फन

भैरहवा । बुटवल र भैरहवाको केन्द्र भलवारीमा पाँचतारे होटल फाउन्टेन फन बन्ने भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीमा स्थानिय नारायण बण्जाडेको लगानीमा निर्माण हुन लागेको होटल फाउन्टेन फन प्रालिको नेपाली कांग्रेसका सचेतक तथा संघीय सासद बालकृष्ण खाणले  शिलन्यास गरेका हुन ।_DSC0913.JPG

शिल्न्यास कार्यक्रममा बोल्दै नेता खाणले रुपन्देही र समग्र प्रदेशको पर्यटन विकासले यस्ता होटलले महत्वपूर्ण भुमिका खेल्ने बताए । २ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागिएको होटल यस क्षेत्रकै उत्कृष्ठ होटलको रुपमा बनाउने प्रा.लिका अध्यक्ष तथा संचालक बण्जाडेले बताए ।
पाँचतारे सरहको होटल यस होटलमा फुल फेजको क्यासिनो सहित १ सय १ वटा डिल्क्स, स्वीट, नर्मल रुमहरु, ३ वटा बैन्कवीट हल,  रेष्टुरेन्ट लगायतका संरचना रहने छ । बुटवल भैरहवाको केन्द्रमा मुख्तया बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणधिन अन्तराष्ट्रिय विमानस्थल र भारतियलाई लक्षित गरी ५ विघा क्षेत्रफलमा बन्ने छ । 11.jpg

पाच तारे होटलका सबै मापदण्ड सहित बन्न लागेको होटल दुईचरण मा निर्माण सम्पन्न भई एकै पटक उद्घाटन हुने प्रालिले जनाएको छ । पहिलो चरणमा ४७ रुम सहित हलको निर्माण हुनेछ भने बाकी रुम र अरु सबै संरचना सहित प्राकृतिक बगैचा सहितको रिर्सोट दोस्रो चरणमा निर्माण हुनेछ ।
२ वर्षमा निर्माण सम्पन्न भई संचालनमा ल्याउने लक्ष्यका साथ काम अघि बढाइने छ, होटल संचालनपछि एक हजार जनालाई प्रत्यक्ष रोजगारी दिइने छ, जस्मा पहिलो प्राथमिकता दक्षता अनुसार स्थानिय र जिल्लाका रहने संचालक बण्जाडेले बताए । मुख्य संरचना ४ तल्ले रहने छ,  हामीले अहिले नयाँ तथा अत्याधुनिक प्रविधि थ्री डि प्यानल बोर्डबाट निर्माणको काम गर्नेछौ । विदेशमा सफलता पाएको यो प्रविधि साउण्ड प्रुफ, वातानुकुलित र बलियो रहेको छ । 

44.jpg

नेपालका अधिकांस पाच तारे होटलमा विदेशीको लगानी छ, यस क्षेत्रकै पहिलो होटले शत प्रतिशत स्थानीयको लगानीमा बन्न लागेको छ । हामीकहाँ ठूलो सङख्यामा कार्यक्रम गर्न वा अन्तारष्ट्रिय विमानस्थल संचालनमा आएसँगै सङख्यात्मक रुपमा पर्यटकहरु आउदा खोजे जस्तो होटल नपाइएकाले पनि अतिथीहरुको माग र इच्छा बमोजिमको पर्यटकहरुलाई केही दिन रोक्न सकौँ भन्ने उद्देश्यले पनि केन्द्र भागमा होटल बनाउन लागिएको उनले बताए ।  होटलको मूख्य लक्ष्य गुणस्तरीय पर्यटक नेपाल भित्राउनु र केही दिन भए पनि नेपालमा बस्ने बतावरण बनाई आन्तरिक पर्यटनको विकास गर्नु रहेको हो । 

55.jpg


लुम्बिनी चिन्तन

थप समाचार