Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ रुपन्देहीको भेला अध्यक्षमा लामिछाने


  • लुम्बिनी चिन्तन
  • बैशाख ११, २०७८ शनिवार
  • 2.1K
    SHARES

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ रुपन्देहीको भेला अध्यक्षमा लामिछाने

भैरहवा । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ रुपन्देहीकोे भेला भैरहवामा सम्पन्न भएको छ । 
सरकारी निकायमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुको हकहितका लागि संगठित संस्थाले शनिबार जिल्ला स्तरीय भेला गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश उपाध्यक्ष तिल बहादुर थापाले स्थायीत्व, सुनिश्चतता र राज्यबाट पाउने सेवा सुविधा लिनका लागि संगठन प्रतिबद्ध रहेको बताए । 

_DSC0919.JPG

कार्यक्रममा बोल्दै संगठनका लुम्बिनी प्रदेश कोषाध्यक्ष मनिषा खत्री, संघकी सल्लाहकार लक्ष्मी कोइराला ,राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र रुपन्देहीका पूर्व जिल्ला अध्यक्ष राम प्रसाद दवाडी, पूर्व जिल्ला सचिव विष्णु प्रसाद उपाध्याय, सुशीला लामिछाने, अजय सिंह क्षेत्री लगायतले संगठनमा जोडिएका सदस्यलाई २४ घण्टानै साथ दिन बताउदै श्रमको मुल्यांकन र आफ्नो हकअधिकार सुनिश्चित सरकारले गर्नुपर्ने माग गरे । कर्मचारीहरुले स्थायी कर्मचारीले राज्यबाट पाउने सेवा सुविधा सरहको सुविधा पाउनु पर्ने, नेपाल सरकारका केही कार्यालयमा अझै पनि नेपाल सरकारले तोकेको सुरु स्केल पारिश्रमिक लागू नगरेकोले सोको पहल गर्नु पर्ने माग गरे ।

भेलाले नेपाल सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराई नेपाल सरकारले दिएको तलव स्केलमा नघटने गरी सरकारी निकायबाटै यो कार्यको लागि सुरुवात गर्न र तत्काल कार्यान्वयनमा ल्याउन, अधिकांशले लामो समयदेखि सेवा गर्दै आएका स् कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउन पनि माग गरेको छ । 
संघका लुम्बिनी प्रदेश कोषाध्यक्ष मनिषा खत्रीको अध्यक्षता तथा सल्लाहकार लिला बहादुर कुमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जिल्ला अध्यक्षमा लामिछाने
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ जिल्ला कार्य समिति रुपन्देहीको अध्यक्षमा सुशिला लामिछाने चयन भएकी छन । 

bhela.jpg

सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुबीच बसेको प्रथम भेलाले लामिछानेको  अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा कपिल थापा, सचिवमा अजय सिंह क्षेत्री, सहसचिवमा कल्पना सुनार, कोषाध्यक्षमा राजकुमार राई रहेका छन ।
यस्तै समितिको सदस्यहरुमा ईन्द्र बहादुर राना, प्रमेश शर्मा, माया खनाल, रामसुभाग केवट, प्रदिप कुमार दुवे, तिलक बहादुर बुढाथोकी, जय बहादुर खडका र दिलीप बरई, सल्लाहकारमा लक्ष्मी कोइराला र लिला कुमाल चयन भएको प्रदेश उपाध्यक्ष तिल बहादुर थापाले जानकारी दिए । 


लुम्बिनी चिन्तन

थप समाचार