भैरहवा । भैरहवा क्षेत्रमा नियमित विद्युत आपुर्ति गराउन मर्निङवाक गु्रप बिएमजीले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समयमा विना जानकारी लामो समय विद्युत जाने, ट्रिपिङ तथा भोल्टेजको समस्या देखिएकाले सो समस्या समाधानका लागि भैरहवा क्षेत्रको अग्रज वर्ग र नागरिक समाजहरुको समूह भैरहवा मर्निङवाक गु्रपले ध्यानाकर्षण गराएको हो ।
यस क्षेत्रमा भएको आम नागरिकको समस्या, विकृतिहरुको पहिचान गर्दै बिएमजी समूहले सम्बन्धित संघ सस्था र सारेकारवाला निकायलााई अवगत गराई सचेत तथा ध्यानाकर्षण गराउदै आएको छ । पछिल्लो समय भैरहवा क्षेत्रमा नियमित रुपमा विद्युत नआएपछि बिएमजी समूहले विधुत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झालाई ध्यानाकर्षण गराइएको समूहका सस्ंथापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले बताए ।

उनले अघोसित लोडसेडिङको नाममा विद्युत कार्यालयबाट अत्याचार र तानाशाही प्रवृति भइरहेको, देश चारै तिर अस्तव्यस्त भइरहेको समयमा हामीले जे गरेपनि हुन्छ प्रवृतिले जनताले सास्ती भोग्नु परेको गुनासो गरे । ३ तहको सरकारको हुदा पनि विद्युत कार्यालय चौथो सरकार हुन खोजेको जस्तो प्रवृति देखा परेको भन्दै जनताको हक अधिकारका लागि खडा भएको सस्थाले अत्याचार पूर्ण तरिकाले लोडसेडिङ नगर्न आग्रह गरे ।
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झाले ३३ केभीए लाइन बिधुत बुटवल कोरिडोरबाट आउने भएकोले सो ठाँउबाट नै आपूर्तिमा अवरुद्ध हुदा यस वितरण केन्द्रबाट सेवा अवरुद्ध हुने गरेको छ । हाम्रो काम वितरण गर्ने हो प्रसारण र उत्पादन हामी बुटवल ग्रिडबाट आएको विद्युत सप्लाईलाई गर्छौ, वास्तवमै यहा समस्या छ यस्को प्रमुख कारण ड्राई सिजन रहेको उनले बताए ।

विगत केही दिनमा ३३ केभिए लाइन अपडाउन भएकै हो यस्को जानकारी हामीले बुटवल ग्रीड र केन्द्रमा पनि जानकारी गराएका छौ, हिजोबाट केही सुधार भएको छ । काली गण्डकी कोरिडोरबाट भैरहवा वितरण केन्द्र जोडिएसँगै ट्रिपिङ केही कम भएको छ भने ६ बजे पछिको भोल्टेज पनि बढेको प्रमुख झाले भने । औधोगिक क्षेत्रमा पनि समस्या छ, तारको क्षमता भन्दा बढि लाइन उद्योगले प्रयोग गर्दा विधुत ट्रिपिङ हुने गरेको छ, यस्को दीर्घकालिन समाधानका लागि मैनहिया ग्रीड निर्माणको क्रममा रहेको उनले जानकारी दिए ।
