Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीका सबै शिक्षण संस्था वैशाख मसान्त सम्म बन्द

पूर्व निर्धारित परिक्षा स्थगन, सवारी साधानहरु जोर विजोर प्रणलीमा चल्ने


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७८ आइतवार
  • 2.4K
    SHARES

रुपन्देहीका सबै शिक्षण संस्था वैशाख मसान्त सम्म बन्द

भैरहवा । रुपन्देही जिल्लाका सबै शैक्षिक संस्था वैशाख सम्म बन्द गर्ने निर्णय भएको छ । 
कोभिड संक्रमण रोकथाम नियन्त्रण उपचार र व्यवस्थापनका लागि रुपन्देहीका प्रजिअ र पालिका प्रमुखहरुबीच भएको छलफलबाट जिल्ला स्थित सबै स्थानीय तहहरुले आ आफ्नो पालिका मातहतका शिक्षण सस्था बैशाख मसान्त सम्मका लागि भौतिक उपस्थितीमा गरिने शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय भएको हो ।

बैठकबाट बैकलपीक माध्यमबाट शिक्षण सिकाईको व्यवस्था मिलाउने साथै सबै किसिमका पूर्वानिर्धारीत  परिक्षा समेत हाल लाई स्थगन गर्ने निर्णय भएको जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) संयोजक तथा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । 
त्यस्तै सार्वजनिक तथा निजी यातायातका साधानहरु जोर विजोर प्रणली बमोजिम सञ्चालन गर्ने, सबै स्थानीय तहहरुले कोरोना संक्रमितको ओसारपसारका लागि कम्तीमा एक वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्ने, आ आफ्नो पालिकामा रहेको कम्युनिटी आइशोलेशन र होम आइशोलेशनका क्षमता विकास गरी पूर्वतयारी अवस्थामा राख्ने निर्णय भएको हो । 

नयाँ भेरिन्टको कोरोना भाइरस पहिलेको भन्दा अझ बढि  खतरनाक रहेकोले यस्को संक्रमण दर पनि उच्च रहेको हुदा बच्ने सुरक्षाका उपाय तथा स्वास्थ्य मापदण्डको पालना गर्नका लागि जनचेतनामुलक कार्यक्रम स्थानीयस्तरमा पु¥याई व्यापक प्रचार प्रसार गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।

डिसीसीएमसी केन्द्रका संयोजक तथा प्रजिअ तामाङको संयोजकत्वमा बसेको बैठकमा रुपन्देहीका पालिका प्रमुख तथा प्रतिनिधी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थापाले जानकारी दिए ।

कोरोना संक्रमण बढ्दै गएपछि केही दिन अघि रुपन्देहीको बुटवल र भैरहवाका विद्यालयहरु पनि बन्द भएका छन, केहीले निर्णयलाई लत्याउदै विद्यालय संचालन गरेपनि आजको निर्णयले जिल्लास्थित सबै विद्यालय बन्द हुने निर्णय भएको छ । रुपन्देहीमा पछिल्लो कोरोना संक्रमण दर उच्च छ, हिजो शनिबार मात्रै ३ सय १ जनामा संक्रमण पुष्टि भएको थियो । 

 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार