Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

उद्याेग व्यापार संगठन विद्युतीय समस्या सहित पुग्याे प्राधिकरण, समाधानका लागि ज्ञापन पत्र


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७८ आइतवार
  • 1.3K
    SHARES

उद्याेग व्यापार संगठन  विद्युतीय समस्या सहित पुग्याे प्राधिकरण, समाधानका लागि ज्ञापन पत्र

भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रलाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको छ । 
विगत केही दिन देखि  विद्युत सप्लाई अनियमित भई सेड्युल बिनाको लोडसेडिङ भएको भन्द संगठनले भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झालाई ध्यानाकर्षण गराई ज्ञापन पत्र दिएको हो । 

अनियमित विद्युत र पटक पटक विधुतीय ट्रिपीङले आम नागरिक तथा उद्योगी व्यवसायी अतव्यस्त भएको अस्तव्यस्त भएको, आम उद्योगी ब्यबशाही र जन समुदाय मा पुन लोडशेडिंग को भय र बिधुत अनियमित सप्लाई ले गर्दा गर्मी मौसम मा जन मानस मा असजिलो महशुश भएकोले संगठनका अध्यक्ष नारायण भण्डारी सहित पदाधिकारीहरुले ज्ञापन पत्र बुझाएका हुन । 

ज्ञापन पत्र बुझदै वितरण केन्द्रका प्रमुख झाले छिटै नै समस्या समाधान हुने बताए । नेपालका ९० प्रतिशत बढि विद्युत हाइड्रोपावरबाट उत्पादन हुने र अहिले पानीको सतह घटेको समस्या सृजना भएको हो । हाम्रो समस्याहरु माथिल्लो निकायमा अवगत गराइसकेका छा, हिजोबाट केही सुधार भएको छ झाले भने । संगठनका तर्फबाट अध्यक्ष भण्डारी सहित निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, महासचिव अनिल ज्ञवाली, कोषध्यक्षा सचिन रोक्का लगायतको उपथ्तिी रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार