Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पछिल्लो २४ घण्टामा २०४ जनामा काेराेना पुष्टि


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७८ आइतवार
  • 1.3K
    SHARES

पछिल्लो २४ घण्टामा २०४ जनामा काेराेना पुष्टि

भैरहवा । पछिल्लो २४ घण्टा भित्र रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु मध्ये ८२ जना महिला र १२२ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकामा मात्रै ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिकामा ३०, तिलोत्तमा नगरपालिकामा ५०, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जना, गैडहवा गाउँपालिकामा ४, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२, सैनामैना नगरपालिकामा १०, ओमसतिया गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन् ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार