Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भाेलीदेखि सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय


  • लुम्बिनी चिन्तन
  • बैशाख १२, २०७८ आइतवार
  • 2.0K
    SHARES

भाेलीदेखि सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । सरकारले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले परीक्षाहरु स्थगित गर्ने निर्णय भएको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले अर्को सूचना नआएसम्मका लागि अहिले सञ्चालन भईरहेका सबै तहका परीक्षा भोलीबाटै स्थगित गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाका सम्बन्धमा पनि आजको बैठकले निर्णय गरेको छ । पहाडी जिल्लामा २ सय जना संक्रिय संक्रमित भएको अवस्थामा निषेधाज्ञा जारी हुनेछ । शहरी जिल्लामा भने ५ सय जना संक्रिय संक्रमित भए सम्बन्धित जिल्ला प्रशासनले निषेधाज्ञा लगाउन सक्ने निर्णय भएको उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार