Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सहित ९ जिल्लामा निषेधाज्ञा वा लकडाउनको निर्णय हुने


  • लुम्बिनी चिन्तन
  • बैशाख १३, २०७८ सोमवार
  • 2.0K
    SHARES

रुपन्देही सहित ९ जिल्लामा निषेधाज्ञा वा लकडाउनको निर्णय हुने

काठमाण्डौ । कोरोना भाइरसको दोस्रो लहरले संक्रमण उच्च भएपछि जोखिमलाई न्युनिकरण गर्न रुपन्देही सहितको जिल्लामा लकडाउन वा निषेधाज्ञा लगाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल गर्न साझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ५ बजे मन्त्रिपरिषद् बैठकले लकडाउन वा निषेधाज्ञासम्बन्धी निर्णयको विषयमा  छलफल हुने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो । त्यस्तै अहिले चलिरहेका सम्पूर्ण तहका परीक्षा तत्काल रोक्ने निचोडमा पुगेको थियो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीका अनुसार अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरिएको थियो । मन्त्रिपरिषद् बैठकले यिनै विषयमा विस्तृतमा निर्णय गर्ने बताइएको छ ।

बैठकले रुपन्देही सहित ९ जिल्लामा निषेधाज्ञा सम्बन्धी निर्णय गर्ने पनि बताइएको छ । रुपन्देही सहित ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । आइतबार साँझसम्म रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ४६ पुगेको छ । रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली लागु भएको छ । जिल्लाभरको शैक्षिक संस्था बन्द भइसकेका छन् ।

यस्तै काठमाण्डौ, ललीतपुर, भक्तपुर, मोरङ, पर्सा, कास्की, दाङ र बाँकेमा पनि पाँच सय सङ्क्रमित नाघेका छन् । बाँकेमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सोमबार एक साता लडकाउनको घोषणा गरिसकेको छ ।  उपत्यकाको तीन जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी)को संयुक्त बैठक पनि आजै बस्दैछ । सीसीएमसीको निष्कर्षअनुरूप निर्णय लिने बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार