Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सोमबार वेलहिया नाकाबाट आएका ५ जनामा कोरोना पोजिटिभ, शनिबार हुदैन सिमामा आरडिटी


  • लुम्बिनी चिन्तन
  • बैशाख १३, २०७८ सोमवार
  • 1.2K
    SHARES

सोमबार वेलहिया नाकाबाट आएका ५ जनामा कोरोना पोजिटिभ, शनिबार हुदैन  सिमामा आरडिटी

भैरहवा । सोमबार भारतबाट आएका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । बेलहिया नाकाबाट नेपालीहरुको स्वास्थ्य परिक्षण गरि स्वदेश आउने क्रम जारी छ । सोमबार दिउसो १ बजे सम्म वेलहिया नाकाबाट ३ सय ५४ जना नेपाली स्वदेश फिर्ता भएको मध्ये ३६ जनामा कोरोनाको लक्षण देखिएको थियो । संकास्पद ३६ जनाको आरडिटी एन्टिजीन परिक्षण गर्दा ५ जनामा रिएक्टीभ अर्थात कोरोना पोजिटिभ देखिएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक नबिन पौडेलले बताए । 
पोजिटिभ देखिएका मध्ये सबै भारतको हैदराबादबाट आएका हुन । जसम्ध्ये ३ जना गुल्मी, १ जना सैनामैना र १ जना तनहुका रहेको प्रहरी निरिक्षक पौडेलले भने ।belahiya (3).jpg

संक्रमित ५ जना मध्ये गुल्मीका ३ जना एकै ठाँउको भएकाले उनीहरु टयाक्सी रिजर्भ गरेर पठाइएको छ। तनहुका संक्रमित पनि आफै होल्डिङ सेन्टरबाट सार्वजनिक यातयात चढेर गएका छन। सैनामैनाका संक्रमित नगरपालिकाबाट पठाइएको एम्बुलेन्सबाट आफ्नो गन्तव्यमा पुगेका छन्।

नाकामा राखिएको एउटा हेल्थ डेस्कमा ज्वरो नाप्ने काम मात्र भइरहेको छ भने संक्रमणको शंका लागेकाहरूको मात्रै ऐन्टिजेन परीक्षण भइरहेको छ ।
संक्रमण उच्च भएपछि भारतका कतिपय राज्य फेरि लकडाउन भएका छन । जस्को कारण रोजगारी गुमाएका नेपालीहरु धमाधम नेपाल फर्कन थालेका छन् । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वमै शीर्ष स्थानमा पुगेको भारतबाट बेरोजगार भएका मजदुर, विद्यार्थी तथा तीर्थयात्रीसमेत दैनिक बेलहिया नाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । नया वर्षको सुरुवातसँगै फकिर्ने दर पनि बढेको छ । वेलहिया नाकाबाट बैशाख १ गते देखि सोमबार दिउसो १ बजे सम्म ५ हजार ३ सय ४९ जना नेपाली नेपाल भित्रिएका छन । यो तथ्याङक सुनौली नौतनवा किनमेलका लागि जाने बाहेकको हो ।

belahiya (2).jpg

शनिबार हुदैन आरडिटी परिक्षण
बेलहिया नाकामा २ वटा हेल्थ डेस्क बनाएपनि एउटा हेल्थ डेस्क दैनिक संचालनमा आएपनि अर्को आरडिटी एन्टिजीन परिक्षण गर्ने हेल्थ डेस्क शनिबार बन्द हुने गरेको छ । प्रशासन र स्वास्थ्य कार्यालयले दैनिक हेल्थ डेस्कबाट परिक्षण गर्ने भने पनि ल्याबका कर्मचारी हेल्थ डेस्क नआउदा एक महिना अघि देखि संचालनमा आएको दोस्रो हेल्थ डेस्क शनिबार बन्द हुने गरेको हो । स्वास्थ्य कार्यालयले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने र जनशक्ति स्थानीय तह सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गर्ने तय भएको छ । नगरपालिकाले एन्टिजीन परिक्षणका लागि दिपा शर्मालाई खटाएपनि शनिबार हेल्थ डेस्क कर्मचारी विहीन हुने गरेको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदार नाथ शाहले सिमानाका बेलहियामा हाल सम्म १५ जनामा पोजिटिभ देखिएको बताए । हामीले शंकास्पदलाई आरडिटी एन्टिजीनबाट परिक्षण गछौ हाल सम्म १८७ जनाको परिक्षण गरेकोमा १५ जनामा पोजिटिभ देखिएको छ कोभिड फोकल पर्सन समेत रहेका शाहले भने । 

belahiya (4).jpg

शनिबार एन्टिजीन परिक्षण नै भएन , आइतबार १४ जना, सोमबार दिउसो १ बजे सम्म ३६ जनाको एन्टीजीन परिक्षण भएको छ । हामीले कोभिड एन्टिजिन सँगै मलेरियाको पनि परिक्षण हेल्थ डेस्कबाट गराइरहेका छौ फोकल पर्सन शाहले भने । अहिले हेल्थ डेस्कका लागि ५ जना जनशक्ति खटिएका छन, एन्टिजीन परिक्षणका लागि ल्याबमा एक जनामात्र कर्मचारी रहेपनि हिजोबाट एक जना थप भएको छ ।  


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार