Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रदेश सरकारले चारवटै कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने


  • लुम्बिनी चिन्तन
  • बैशाख १३, २०७८ सोमवार
  • 2.2K
    SHARES

प्रदेश सरकारले चारवटै कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने भएको छ।

कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङ बेलझण्डीस्थित कोरोना अस्पताल र बाँकेस्थित भेरी अस्पताललाई ५० लाखका दरले डेढ करोड रुपैयाँ दिने भएको हो।

त्यसैगरी भीम अस्पताललाई २५ लाख गरी कुल १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै प्रदेश सरकारको भूमिकामाथि विभिन्न पक्षबाट प्रश्न उठाइएको थियो । अहिले पनि लुम्बिनी प्रदेशका चारवटै कोभिड अस्पतालमा आईसीयू बेड संक्रमितले भरिएका छन् भने भेरी अस्पतालमा संक्रमितलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता आएको छ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार